फेवातालमा सेल्फी खिच्दा डुबेर मृत्यु भएका रोशनको लाश शनिबार फेला |

अन्य

फेवातालमा सेल्फी खिच्दा डुबेर मृत्यु भएका रोशनको लाश शनिबार फेला |
मंसीर २९ पोखरा:-पोखराको फेवातालमा सोमबारदेखि डुबेर बेपत्ता भएका रोशन श्रेष्ठको शव शनिबार बिहान भेटिएको छ । शनिबार बिहान तालमा तैरिरहेको अवस्थामा उनको शव भेटिएको कास्की प्रहरी प्रमुख ओम रानाले जानकारी दिएका छन् । उनको शव रत्नमन्दिर नजिकै भेटिएको रानाले बताए । काठमाण्डौबाट दिदीसहित पोखरा घुम्न आएका १९ बर्षीय श्रेष्ठ प्याडल बोटबाट सेल्फि खिच्न खोज्दा तालमा डुबेर बेपत्ता भएका थिए । लाईफ ज्याकेट बिना सेल्फी खिच्न खोज्दा तालमा डुबेर उनी बेपत्ता भए हुन् । काठमाडौंबाट दिदी रोशनी श्रेष्ठसँग आइतबार पोखरा घुम्न आएका श्रेष्ठकोका दिदीभाइ फरक फरक डुंगामा सवार थिए । नेपाली सेना, सशस्त्र, प्रहरीको विशेष टोलीले तारजालीको सहायतामा उनको खोजी कार्य जारी राखेको थियो । उनको शव पोष्टमार्टमका लागी पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...