लम्जुङ्गमा पहिरोबाट २ जनाको ज्यान गयो |

अन्य

लम्जुङ्गमा पहिरोबाट २ जनाको ज्यान गयो |
भदौं २८ पोखरा :-लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ खुदी पल्लोटारीमा पहिरोमा परी २ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिका एर एकै परिवारका ६० वर्षीया अभिरुपा थापा र १० वर्षीय सिरक थापालाई उद्धार गरेर उपचार गराउने क्रममा उनीहरूको मृत्यु भएको हो । वर्षाका कारण ठाउँ–ठाउँमा सडक अवरोध हुँदा उनीहरुलाई थप उपचारका लागि सदरमुकामसम्म पनि ल्याउन सकिएको थिएन । पहिरो चलेपछि घर छोडेर भाग्दाभाग्दै उनीहरू पुरिएका थिए । स्थानीयवासी र प्रहरीले तत्काल उद्धार गरे पनि थप उपचार पाउन नसक्दा दुवैको ज्यान गएको प्रहरीले जनाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...