चार दिन अघी मृत्यु भएको एक पुरुष कोरोनाको कारण मृत्यु भएको पुष्टि ,नेपालमा कोरोनाबाट मर्नेको संख्या १३।

अन्य

चार  दिन अघी मृत्यु भएको एक पुरुष कोरोनाको कारण मृत्यु भएको पुष्टि ,नेपालमा कोरोनाबाट मर्नेको संख्या १३।
जुन ७ सुर्खेत:-कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ । ४ दिनअघि मृत्यु भएका डोल्पाका एक पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।डोल्पाका जगदुल्ला गाँउपालिका-३ का ५८ बर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो । जेठ १६ गते सुर्खेतबाट डोल्पा पुगेका ती पुरुषलाई घरमै राखिएको थियो । उनको २० गते निधन भयो । उनी लामो समयदेखि दमको रोगले पीडित थिए । निधनपछि स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठन जुम्लामा पीसीआर परीक्षण गर्दा रिपोट पोजेटिभ आएको हो ।यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...