नेपालमा कोरोना संक्रमितबाट मर्नेको संख्या ४ पुग्यो ,संक्रमित संख्या ६७५।

अन्य

नेपालमा कोरोना संक्रमितबाट मर्नेको संख्या ४ पुग्यो ,संक्रमित संख्या ६७५।
मे २४ काठमाडौँ :- नेपालमा ७२ जना नयाँ काेराेना संक्रमित थपिएका छन् । साेमबार बिहान प्राप्त रिपाेर्टअनुसार विभिन्न जिल्लामा संक्रमित भेटिएका हुन् । यससँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालभर ६ सय ७५ जना संक्रमित पुगेकाे पुष्टि गरेकाे छ । नयाँ संक्रमित हुनेमा बारा र रौतहटका धेरै छन् ।रौतहटका २६ तथा बाराका २३ जनामा संक्रमण पुष्टि भएको हो । रौतहटको फरदहवा–२, ६ र ८ तथा इशनाथ–२ का १८ देखि ५३ वर्षसम्मका २६ पुरुषमा संक्रमण पुष्टि भएको हो । यस्तै बाराको गडीमाइ नगरपालिकाका १८ देखि ५० वर्षसम्मका २१ पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै बाराको कलैया–१ कोटवालीका २५ र ३२ वर्षका पुरुषमा पनि संक्रमण देखिएको छ । सोमबार संक्रमण पुष्टि हुनेमा धनुषाको नगराइन–३ का ३०, ३१ र ४५ वर्षका पुरुष, कपिलवस्तुको शिवराज नगरपालिका–४, ५ र ६ का १९, २० र २३ वर्षका पुरुष, काठमाडौँको टोखा–३ र ६ तथा बुढानिलकण्ड–३ का २७, ४१ र ३७ वर्षका पुरुष, सप्तरीको डाक्नेधरी गाउँपालिकाका २२ र ३४ वर्षका पुरुष रहेका छन् । बर्दियाको बाँसगढी–९ का २५ वर्षे युवा, बाँकेको दुधवा–२ र राप्ती सोनारी–७ का १६ देखि २४ वर्षका चार युवा तथा दैलेखको चार युवा र एक युवतीमा संक्रमण पुष्टि भएको हो ।भने ,पर्साको वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा ४ जेठमा मृत्यु भएका १ जना वृद्धमा कोरोना संक्रमण थियो भन्ने पुष्टि भएको छ । त्यससँगै नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको छ । नारायणी अस्पतालका सुपरिटेन्डेन्ट मदनकुमार उपाध्यायले ती वृद्धको स्वाब जाँच्दा कोरोना पोजेटिभ आएको जानकारी सोमबार दिएका छन् ।मृत्यु भएको ती वृद्ध बाराका ७० वर्षीय पुरुष हुन् । उनमा मिर्गाैलाको समस्या थियो । मिर्गाैलामा समस्या भएपछि वृद्ध वीरगन्जको अस्पताल भर्ना भएका थिए । उनको स्वाब परीक्षण काठमाडांैमा भएको हो । वृद्धको परिवारले अन्तिम संस्कार गरिसकेका छन् ।यसअघि सिन्धुपाल्चोककी सुत्केरी महिला, बाँकेका युवक र गुल्मीका १ जना शिक्षकको कोरोना संक्रमणबाट मृत्यु भएको थियो

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...