नगरपालिका मेयरले लेखा अधिकृतलाई झापड हाने |

अन्य

नगरपालिका मेयरले लेखा अधिकृतलाई झापड हाने |
असोज ११ महोत्तरी:- महोत्तरीको भँगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले लेखा अधिकृतलाई झापड हानेका छन् । लेखा अधिकृत पवनकुमार अधिकारीलाई मेयर साहलाई बुधबार साँझ आफ्नै कार्यकक्षमा झापड हानेको पुष्टि भएको हो। गत वर्षको आयव्यय र हिसाबकिताब पारदर्शी गर्न पटक-पटक आग्रह गर्दा पनि उल्टै विभिन्न बाहाना गरेको र गैरजिम्मेवारी तवरले जे गर्न सक्नुहुन्छ गर्नु भनेपछि आफूले झापड हानेको मेयर साहले स्वीकार गरेका छन् । नगरप्रमुखको कार्यकक्षमा लेखा अधिकृत अधिकारीसँग हिसाबकिताब दिन आग्रह गरेका थिए । अधिकारीले जे गर्नु छ गर्नुस भन्दै उल्टै गैरजिम्मेवारी जवाफ दिएपछि आफूले बुधबार हात छोडेको नगरप्रमुख साहले बताए । पटक-पटक मौखिक र लिखित निर्देशन दिँदा पनि अटेरी गरेपछि दुई झापड हानेको मेयर साहले बताए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...