अन्तर्राष्ट्रिय नेपाली समाज युएईद्वारा राहत खाद्यान्न सामाग्री सहयोग।

विदेश

अन्तर्राष्ट्रिय नेपाली समाज युएईद्वारा राहत खाद्यान्न सामाग्री सहयोग।
जुलाई ५ मनु कोंमे तमु /युएई :-बिश्वब्यापी रुपमा महामारी फैलिएको कोरोना भाइरसका कारण लकडाउनमा परी युएईमा अलपत्र बिचल्लीमा र समस्यामा परेका नेपाली नागरिकहरु लाई राहत खाद्यान्न सामग्री बितरण गर्नको लागि अन्तर्राष्ट्रिय नेपाली समाज युएईले २ हजार दिराहम अर्थात झण्डै नेपाली ६० हजार रुपैयाँ बराबर को राहत खाद्यान्न सामाग्री उपलब्ध गराएको छ। उपलब्ध राहत खाद्यान्न सामाग्री "कोभिड - १९ सूचना संकलन तथा संयुक्त राहत व्यवस्थापन मुल समिति युएई लाई १०००/- दिराहम बराबरको राहत खाद्यान्न सामाग्री र गैरआवासीय नेपाली संघ युएई क्युआरएफ टिम लाई १०००/- दिराहम बराबरको राहत खाद्यान्न सामाग्री उपलब्ध गराएको छ। उक्त खाद्यान्न राहत सामग्री अन्तर्राष्ट्रिय नेपाली समाज युएईका अध्यक्ष बाबुराम लोप्चान,अन्तर्राष्ट्रिय प्रवास बिशेश समितिका सचिव प्रमोद श्रेष्ठ,अन्तर्राष्ट्रिय नेपाली समाजका सल्लाहकार उत्तम अधिकारी,नेपाली समाज युएईका निवर्तमान महासचिव तथा वर्तमान सल्लाहकार मनि भुर्तेल,नेपाली समाज युएईका सल्लाहकार राजेन्द्र अधिकारी,नेपाली समाज युएईका अध्यक्ष गोबिन्द ढकाल,नेपाली समाज युएईका महासचिव बेद प्रसाद अर्याल, गैरआवासीय नेपाली संघ युएईका उपाध्यक्ष एवं क्युआरएफ टिमका संयोजक तथा नेपाल आदिवासी जनजाति महासंघ युएईका प्रमुख संरक्षक पासाङ शेर्पा र गैरआवासीय नेपाली संघ युएईका महिला संयोजक शोभा शर्मा लगायतका उपस्थितिमा नेपाली समाज युएई कोभिड - १९ मुल समिति अन्तर्गतका अध्यक्ष गोबिन्द ढकाल ,गैरआवासीय नेपाली संघ युएईका उपाध्यक्ष एवं क्युआरएफ टिमका संयोजक तथा नेपाल आदिवासी जनजाति महासंघ युएईका प्रमुख संरक्षक पासाङ शेर्पा र महिला संयोजक शोभा शर्मा लाई अन्तर्राष्ट्रिय नेपाली समाज युएईका अध्यक्ष बाबुराम लोप्चानले खाद्यान्न राहत सामाग्री हस्तान्तरण गरेको थियो। गैर आवासीय नेपाली संघ युएई क्युआरएफ नेपाली टिम र नेपाली समाज युएई अन्तर्गत "कोभिड १९ सूचना संकलन तथा संयुक्त राहत व्यवस्थापन मुल समितिले युएईमा कोरोना भाइरसका कारण अलपत्र बिचल्ली र समस्यामा परेका झण्डै पन्ध्र हजार नेपाली नागरिकहरु लाई राहत खाद्यान्न सामाग्री उपलब्ध गरइ सकेको छ। त्यसैगरी युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार युएईका ६५ हजार भन्दा बढी नागरिक र बासिन्दाहरु बिच गरिएको परिक्षणको नंया परिणाम २०२० जुलाई ०३ तारिख शुक्रबार ६७२ जना कोरोना भाइरसको नयाँ संक्रमित भेटिएको छ। नयाँ भेटिएको संक्रमित सबै स्थिर अवस्थामा रहेका छन भने हाल सम्म कोभिड- १९ कोरोना भाइरस बाट संक्रमित हुनेहरुको संख्या ५०,१४१ जना पुगेको छ। युएईमा कोभिड - १९ कोरोना भाइरस बाट संक्रमित भइ उपचार गराइ रहेका उपचार पश्चात् ४८९ जना पुर्णरुपमा निको भएका छन। उपचार पश्चात् हाल सम्म संक्रमित भएका ३९,१५३ जना पुर्णरुपमा निको भइसकेका छ्न। संक्रमित भइ उपचार भइरहेका आज थप १ जनाको मृत्यु भएको छ। युएईमा हाल सम्म कोरोना भाइरस बाट मृत्यु हुनेको संख्या ३१८ जना पुगेको छ भने संक्रमित बिरामी संख्या १०,६७० जना रहेको युएई सरकारको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाएको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...