युएईमा कोभिड-१९ को संक्रमित संख्या ४९,४६९ पुग्यो ,३१७ जनाको मृत्यु।

विदेश

युएईमा कोभिड-१९ को संक्रमित संख्या ४९,४६९ पुग्यो ,३१७ जनाको मृत्यु।
जुलाई ३ मनु कोंमे तमु / युएई :- युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार युएईका ६५ हजार भन्दा बढी नागरिक र बासिन्दाहरु बिच गरिएको परिक्षणको नंया परिणाम २०२० जुलाई ०२ तारिख बिहीवार ४०० जना कोरोना भाइरसको नयाँ संक्रमित भेटिएको छ। नयाँ भेटिएको संक्रमित सबै स्थिर अवस्थामा रहेका छन भने हाल सम्म कोभिड- १९ कोरोना भाइरस बाट संक्रमित हुनेहरुको संख्या ४९,४६९ जना पुगेको छ। युएईमा कोभिड - १९ कोरोना भाइरस बाट संक्रमित भइ उपचार गराइ रहेका उपचार पश्चात् ५०४ जना पुर्णरुपमा निको भएका छन। उपचार पश्चात् हाल सम्म संक्रमित भएका ३८,६६४ जना पुर्णरुपमा निको भइसकेका छ्न। संक्रमित भइ उपचार भइरहेका आज थप १ जनाको मृत्यु भएको छ। युएईमा हाल सम्म कोरोना भाइरस बाट मृत्यु हुनेको संख्या ३१७ जना पुगेको छ भने संक्रमित बिरामी संख्या १०,४८८ जना रहेको युएई सरकारको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाएको छ। त्यसैगरी मार्च १, २०२० भन्दा पहिले भिजिट/टुरिष्ट भिषा सकिएको र सोही मिति भन्दा पहिले इम्प्लोएमेन्ट भिषा क्यान्सिल गराएको भए - डिपोर्टेसन सेन्टरमा गइ अपडेट गराउनु पर्ने भएको छ।त्यहाँ छाप लगाए पश्चात् कुनै जरिवाना तिर्नु नपर्ने र छाप नलगाई विमानस्थल गएमा मार्च १ २०२० पछि इम्प्लोएमेन्ट भिसा क्यान्सिल गरेको भए क्यान्सिलेसन पेपरमा लेखेको एक्सिट मिति भन्दा ओभर स्टे हुनेले एक्सिट परमिट र ओभर स्टेको फाइन विमानस्थलमै तिरेर जानू पर्ने भएको छ। एक्सिट परमिट बापत २४१ र ओभर स्टे दिनको २५ दिरहमको दरले तिर्नुपर्ने र यदि डिपोर्टेसन सेन्टरले छाप लगाइ दिएमा तिर्नु नपर्ने भएको छ। त्यस्तै मार्च १, २०२० पछि भिजिट/टुरिष्ट भिसा सकिएको भए त्यसको म्याद ३१ डिसेम्बर २०२० सम्म म्याद रहने भएको छ। म्याद भन्दा पहिले फर्कदा कुनै जरिवाना नलाग्ने भएको छ भने यसरी फर्किदा सिधै विमानस्थल जान सकिने भएको छ भने रोजगार पाएको खण्डमा इम्प्लोएमेण्ट भिसा लाग्न सक्ने भएको छ। आर डि टी टेस्ट दुबई र शारजाह विमानस्थलमा नि:शुल्क परिक्षण गर्ने व्यवस्था गरेको छ।दुबई र शारजाह विमानस्थल बाट उडन हुनेले पि सि आर अनिवार्य छैन भने अबुधावी विमानस्थल बाट उडनेहरुको हकमा पिसिआर अनिवार्य गरेको छ।पिसिआर परिक्षण कुनै पनि नजिकको पायक पर्ने क्लिनिकमा गर्न सकिने भएको छ । परिक्षण गर्दा ३०० देखि ३७० दिरहम सम्म लाग्छ भने रिपोर्टको लागी ७२ घण्टा सम्म कुर्नु पर्ने हुन्छ । डिपोरटेसन सेन्टर दुबई विमानस्थल टर्मिनल २ को नजिक स्टाफ इन्ट्रान्स गेट नम्बर ३ नजिकै रहेको छ।अबुधावी र अन्य इमिरेट्सहरुको हकमा सम्बन्धित इम्मिग्रेसन अफिसमा जानु पर्ने भएको छ। डिपोर्टेसन सेन्टरमा फिंगर प्रीन्ट दिएर जानेहरु भविष्यमा कुनै पनि बेला कुनै पनि भिसामा युएई आउन पाउने भएका छन।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...