युएईमा कोभिड – १९ बाट एक नेपालीको मृत्यु ।

विदेश

युएईमा कोभिड – १९ बाट एक नेपालीको मृत्यु ।
जुन २० मनु कोंमे तमु युएई :- दाङ जिल्लाबासी युएईको अजमानमा केहि बर्ष देखी कार्यरत एनआरएनए युएई क्षेत्रीय समिति अजमानका सह-सचिव, दाङ देउखुरी समाज युएईका उपाध्यक्ष,कोभिड - १९ सूचना संकालन तथा राहत हस्तान्तरणमा निरन्तर खट्टिदै आएका,अत्यन्त मिलनसार, सामाजिक अभियन्ता धनीराम सुबेदीको कोभिड - १९ कोरोना भाइरसको कारण युएईको शारजाह स्थित कुयती अस्पतालमा उपचारको क्रममा १३ जुन २०२० शनिबार अर्थात २०७७ जेष्ठ ३१ गते ३९ बर्षको अल्पआयुमै असामयिक निधन भएको छ। मृतक धनिराम सुबेदीको पार्थिब शरिरको अन्तिम संस्कार हिन्दू परम्परा अनुसार १८ जुन २०२० बिहिवार यूएईको अल ऐनमा अन्तिम दहसंस्कार गरेको एनआरएनए दुबई क्षेत्रीय समितिका अध्यक्ष भिम मल्लले जानकारी गराएका छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...