अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ ।

अन्य

अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ ।

फेब्रअरी ५ काठमाडौँ :-अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने कार्यमा संलग्न काठमाडौंको जोरपाटी गोकर्णेश्वर नगरपालिका–८ बस्ने सिन्धुपाल्चोकको हेलम्बुका मनिष बस्नेत, नरेन्द्र बहादुर पण्डित भन्ने २९ वर्षीय सुलभ पण्डित क्षेत्रीलाई काठमाडौं गोकर्णेश्वर–८ बेसीगाउँबाट आइतबार प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगन्जको प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न व्यक्तिलाई आफु अमेरिकन आर्मी हुँ भनि अमेरिका पठाइदिन्छु, भारतीय सेनामा भर्ती गराइदिन्छु भनि नेपाली नागरिकताको प्रमाणपत्र समेत ३ जनाको नाममा बनाई मनिस बस्नेत, नरेन्द्रबहादुर पण्डित, सुलभ पण्डित क्षेत्री हुँ भनी हालसम्म १४ जनालाई १ करोड ५० लाख रूपैयाँ भन्दा बढी ठगी गर्ने सुलभलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको सो ब्यूरोले जनाएको छ ।

निज सुलभले आफ्नो परिचय लुकाउन मनिष बस्नेत, नरेन्द्रबहादुर पण्डित समेत हुँ भनी नेपाली नागरिकताको प्रमाणपत्र समेत लिएको, विभिन्न बैंकमा मनिष बस्नेत, नरेन्द्रबहादुर पण्डित समेतको नाममा बैंक खाता सञ्चालन गरेको, आफु मनिष बस्नेत हूँ भनी काठमाडौं जिल्ला अदालतबाट कोर्टम्यारिज गरेको, निज उपर काठमाडौ जिल्ला अदालतमा बिभिन्न व्यक्तिहरूबाट ४ करोड ९५ लाख बराबरको ठगी गरेको भन्ने अभियोग पेश भएको खुल्न आएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...