काठमाडौँमा नक्कली सुन देखाई १० लाख ठगी |

अन्य

काठमाडौँमा नक्कली  सुन देखाई १० लाख ठगी |

डिसेम्बर २० काठमाडौँ ;-महानगरीय अपराध महाशाखाले नक्कली सुन देखाई रु १० लाख ठगी गर्ने दुईजनालाई पक्राउ गरेको छ  |महाशाखाको टोलीले नक्कली सुनलाई सक्कली भनी रु १० लाख ठगी गर्ने सिन्धुपाल्चोकका निरबहादुर तामाङ र तुलबहादुर तामाङलाई आज कोटेश्वरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङद्वयले यही पुस १ गते शनिबार भक्तपुरका नौसाद अलिलाई ‘हामीसँग भएको सुन तपाईं राख्नुहोस्, हामीलाई तपार्इंसँग भएको पैसा दिनुहोस्’ भनी सुनजस्तो पहेँलो धातुको ढिक्का दिई रकम ठगेका थिए ।महाशाखाले पक्राउ परेका दुवैलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर पठाएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...