भोजपुरमा २२ महीनाको बालकको आफ्नै आमाले हत्या गरिन ।

अपराध

भोजपुरमा २२ महीनाको बालकको आफ्नै आमाले हत्या गरिन ।
मे २८ काठमाडौँ :- भोजपुर सदरमुकामको पानी ट्याङ्कीमा २२ महिने बालकको आफ्नै आमाले हत्या गरेकी छन् ।२५ वर्षीया सम्झना थापाले २२ महिनाको छोरा सम्बोधनको हत्या गरेकी हुन् । उनले मंगलबार बिहान ७ बजेतिर घरको छतमा लगेर खुकुरीले अचानोमा राखेर घाँटी छिनाएर हत्या गरेकी हुन् ।रामप्रसाद राई गाउँपालिका वासिखोरा घर भएकी सम्झनाको परिवार पानीट्याङ्की टोलमा भेनाजुको घरमा बस्दै आएको थियो । लघुवित्त कम्पनीमा काम गर्ने बालकका बाबु सूर्यबहादुर थापा भने कार्यालयको कामले सदरमुकाम वाहिर गएको पाइएको भोजपुरका प्रहरी प्रमुख डिएसपी केशवकुमार थेवेले बताए ।प्रहरीले हत्यारा सम्झनालाई पक्राउ गरेको छ । घटनाको विषयमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (2 भोटहरु, 5 मध्य औसत: 4.00)
Loading...