तारा एयरको जहाजमा एक यात्रुको मृत्यु |

अन्य

तारा एयरको जहाजमा एक यात्रुको मृत्यु |
मंसिर ८ मुगु :-रारा विमानस्थलबाट नेपालगञ्जका लागि उडेको तारा एअरको टुइनेटर जहाजमा सवार एक यात्रुको मृत्यु भएको छ।शनिबार दिउँसो साढे १२ बजे रारा विमानस्थलबाट नेपालगञ्जका लागि उडेको तारा एयरलाइन्सको नाइन एन एइटी कल साइनकलको उडान नम्बर ७१६ जहाजमा यात्रुको मृत्यु भएको हो।मुगु सोरु गाँउपालिका(८ गिलाहाँ गाउँका अन्दाजी ३८ वर्षीय धीरबहादुर शाहीको जहाजमै मृत्यु भएको आफन्तले बताएका छन्। यता तारा एयरलाइन्स नेपालगञ्ज स्टेसनका स्टेसन म्यानेजर सूर्यमणि सुवेदीले भने यात्रु जहाजभित्र अचेत भएको खबर आएपछि तत्काल उनलाई अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको बताएका छन्।रारा विमानस्थल तारा एयरका स्टेशन इन्चार्ज शेरबहादुर भामले विरामीलाई प्राथमिकता दिने प्रावधान अनुसार मृतक शाहीका आफन्तलाई विरामी मन्जुरीपत्रमा हस्ताक्षर गराई तारा एअरको उडानबाट पठाइएको बताए। उता मृतकका दाइ नन्दबहादुर शाहीले भने भाइलाई जहाजमा पठाएर आफू घर फर्किदै गर्दा फेरि बोलाएर कागज गराइएको बताएका छन्।नन्दबहादुरका अनुसार घर फर्कदै गर्दा बीच बाटोमा तारा एअरलाइन्सका दुई कर्मचारी र दुई प्रहरीले नेपालगञ्ज जानुपर्ने भयो भनेर फेरि रारा विमास्थल पुर्याएर कागज गर्न लगाए। पोस्टमार्टमका लागि शव भेरी अस्पतालमा पुर्याइएको छ। आफन्तले भने यात्रु बिमा रकम नपाएसम्म शव नबुझ्ने बताएका छन्। रारा नागरिक उड्यन कार्यालय मुगुका विमानस्थल प्रमुख सूर्य शर्मा बिरामी अचेत भएपछि नेपालगञ्जस्थित राँझा विमान स्थलमा जहाज अवतरण गर्ने बित्तीकै विरामीलाई अस्पतालतर्फ लगेकोसम्मको खबर आफूले पाएको बताए। तारा एअरको उडानमा मुगुबाट मृतक शाहीसहित १३ यात्रु थिए। आफन्तले बिरामीको जहाज भित्र मृत्यु भएको बताए पनि तारा एयरले विमानस्थलबाट अस्पतालतर्फ लैजादै गर्दा मृत्यु भएको दाबी गरेको छ। बिरामी मन्जुरीपत्रमा सहमति नगराई यात्रामा रहेका कुनै यात्रुको जहाज भित्र मृत्यु भएमा उडान भर्ने कम्पनीले यात्रुलाई बिमा र क्षतिपूर्ति दिनु पर्ने प्रावधान नागरिक उड्यन ऐनमा उल्लेख छ। अन्नपूर्ण पोस्टबाट

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...