निर्मला पन्त हत्या काण्ड अनुसन्धानमा थप दुई प्रहरी निलम्बित |

अपराध

असोज २२ काठमाडौं:-निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा खटिएका थप दुर्इ जना प्रहरी निलम्बनमा परेका छन् । अनुसन्धानमा लापरबाही गर्ने प्रहरी नायव निरीक्षक हर सिंह धामी र प्रहरी जवान चाँदनी साउद निलम्बनमा परेका हुन् । एआईजी धिरु बस्नेत नेतृत्वको छानबिन समितिको सिफारिसमा उनीहरु निलम्बनमा परेको प्रहरी प्रवक्ता एसएसपी शैलेस थापा क्षेत्रीले जानकारी दिए। भदौ ७ गते सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिको सिफारिस अनुसार यसअघि नै ६ जना प्रहरीलाई निलम्बित गर्ने निर्णय गरेको थियो। निलम्बनमा पर्नेहरूमा एसपी डिल्ली विष्टसहित डिएसपी ज्ञानबहादुर सेटी, डिएसपी अंगुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट, एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रमासिंह धामी रहेका छन्।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...