पर्वत कुश्मा ९ का वडा अध्यक्ष बलात्कारको आरोपमा प्रहरी हिरासतमा ।

अपराध

पर्वत कुश्मा ९ का  वडा अध्यक्ष बलात्कारको आरोपमा प्रहरी हिरासतमा ।
अगस्ट ३ पोखरा :-पर्वत कुश्मा नगर पालिका -९ का वडा अध्यक्ष बिष्णु हरि पराजुलीलाई बलात्कारको आरोप प्रहरीले पक्राउ गरेको छ ।सोही न पा ९ कटुवा चौपारीका ६९ बर्षिय पराजुलीले आफ्नै राईस मिलमा सोही वडाका ९ बर्षिय बालिकालाई दश रुपिया दिएर बलात्कार गरेको आरोप लागेको छ । सो घटना बाहिरा आए पछि सो बलाकृत घटनालाई पटक पटक रकमको प्रलोभन देखाई गाउँमा नै मिलाउने कोशिस गरेको जानकारीमा आएको छ ।पहिलो पटक दश हजार दिने र घटना बाहिर नल्याउन भनेका थिए ।यस पछी पिडीत पक्षबाट १ लाख मागे अनुशार श्रावण १६ गते दिने सहमती भएको थियो ।एक हप्ता पछी स्थानीयको उजुरी पछी प्रहरीले पराजुलीलाई हिरासतमा लिई ५ दिनको म्याद थप गरी अनुसन्धान गरी रहेको छ । पराजुली नेपाली कांग्रेसबाट निर्बाचित वडा प्रतिनिधी हुन् ।  

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...