मोरंगको शुक्रबारेमा खुकुरी प्रहारबाट एक युवकको हत्या |

अपराध

मोरंगको शुक्रबारेमा खुकुरी प्रहारबाट एक युवकको हत्या |
कात्तिक ३ उर्लाबारी:-मोरङको शुक्रबारेमा गए राति एक युवकको हत्या गरिएको छ ।गए राति १० बजे १७ वर्षीय कृष्णबहादुर विष्टले पुरानो रिसिइबीलाई लिएर सोही ठाउँका २७ वर्षीय विजय खड्काको खुकुरी प्रहार गरी हत्या गरेका हुन् । खुकुरी प्रहारबाट टाउको र शरीरका विभिन्न भागमा चोट लागेका खड्काको घटनास्थलमै मृत्यु भएको पथरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिए । हत्या गर्ने विष्टलाई प्रहरीले खुकुरीसहित राति नै पक्राउ गरेको मृतकको शव उर्लाबारी–३ स्थित मङ्गलबारे अस्पतालमा परीक्षणका लागि राखिएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...