चाड्पर्वको बिदा पुनर्स्थापनाको माग गर्दै ने. आ. ज. म. युएईले राजदुत मार्फत प्रधानमन्त्री केपि ओलिलाई ज्ञापनपत्र बुझायो।
जनजाती बिशेस
उक्त ज्ञापनपत्रमा आदिवासी आन्दोलन,मधेस बिद्रोह,दलित आन्दोलन,महिला आन्दोलन , पहिचान जनित आन्दोलनहरु २०६२/०६३ को जनआन्दोलन,दश वर्षे जनयुद्ध र विभिन्न न्यायमुखी आन्दोलन मार्फत परिवर्तन ल्याउन सफल भएको, संविधानमा नेपालको आदिवासी जनजाति आन्दोलनमा उठाएका पहिचान र अधिकार संग सम्बन्धित मुलभुत मुद्धाहरु अझैसम्म सम्बोधन हुन नसकिएको,नेपालाको कुल जनसंख्याको ३७ प्रतिशत भन्दा बढी आदिवासी जनजातिहरुले पुर्णतः स्विकार्न नसकी रहेको अवस्थामा अझै अधुरो र अपुरो संविधान संशोधनको माग राख्दै आन्दोलन र अभियानहरु अझै जारी रहेको,संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र विविधतालाइ स्विकार गरेको छ भने गणतन्त्र, संघियता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता जस्ता राजनैतिक मुद्दाहरुलाई संस्थागत गर्दै वर्तमान राजनैतिक परिस्थितिमा जे उपलबध भएको छ त्यसलाई कार्यान्वयनमा दवाव र जे प्राप्त गर्न बाँकी छन् त्यसका लागि निरन्तर संघर्ष आदिवासी-जनजाति आन्दोलनको अहिलेको मुख्य उद्देश्य रहेको नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष पासाङ शेर्पाले बताउनु भएको छ।
वर्ण,जाति, भाषा, लिङ्ग. क्षेत्र र भेषभुषा आदिको आधारमा हुने सबै विभेदको अन्त्यको लागी ,संघिय लोकतान्त्रिक गणतन्त्र राज्य व्यवस्था निर्माणमा आदिवासीले रगत बगाएको र अनवरत लडेको परिवर्तन पश्च्यात पनि आदिवासी समुदायले अन्याय, असमानता, दमन र विभेद भोगि रहेको अवस्था, नेपाल विविध जाति, भाषा, धर्म र संस्कृति युक्त रंगिन फुलबारी रहेको,संविधानको मूल मर्म र मान्यता दिन नेपालको संविधानले मुलुकको विविध पहिचानलाई स्विकार गरेको र आदिवासी-जनजाति लगायत अन्य सिमान्तकृत समुदायले मान्ने चाडपर्वहरु संरक्षण र प्रवर्द्धन गर्न तथा राष्ट्रिय मान्यता र सम्मान दिन सार्वजनिक विदा दिंदै आएको तर यसरी बर्षौ देखि आदिवासी-जनजाति समुदायको ल्होछार/ल्होसार, माघी/माघे संक्रान्ति र उधौली/उभौली जस्ता प्रमुख चाडपर्वलाई २०६२/६३ को परिवर्तन पश्च्यात १/१ दिन पाउदै आएको सार्वजनिक विदालाई वर्तमान सरकारले विकास र समृद्धिको लागी काम गर्ने भन्दै खारेजीको निर्णय गर्नु नेपालका समस्त आदिवासी-जनजाति समुदाय माथी सांस्कृतिक आक्रमण,असमानता कायमै रहनु आदिवासी समुदायको चाडपर्वहरुलाई दिइएको विदा २०६२/६३ को जनअन्दोलन, दश वर्षे जनयुद्द र आदिवासी जनजाति आन्दोलनको ऎतिहासिक संघर्षबाट प्राप्त उपलब्धीलाई ति समुदायसंग कुनै प्रकारको जानकारी, छलफल र परामर्श नगरी सरकारले एकलौटी ढंगले बिदा कटौती गरेको भन्दै एकल सांस्कृतिक पक्षपाती निर्णयको घोर भत्सर्ना नेपाल आदिवासी जनजाति महासंघ युएईले गरेको छ भने सरकारको यो निर्णयले संघिय लोकतान्त्रिक धर्मनिरपेक्ष गणतन्त्र नेपालको उपहास गरेको, संविधानको मुल मर्म र भावना विरुद्ध भएको, परिवर्तनको विपरीत भएको र महेन्द्रकालिन पंचायती व्यवस्थाको पुनरावृति भएको ठम्याइ रहेको, असमानताको स्थिति सृजना भइ मुलुकमा थप द्वन्दलाई मलजल पुग्ने,जुन विकाश र समृद्धिको लागि बाधक भएको , तथ्याङ्कगत रुपले हेर्दा पनि सरकारले ३१ प्रतिशत आर्य समुदायको लागि अझै पनि १२ दिन सार्वजनिक बिदा दिएको छ भने ३७% आदिवासी जनजातिका लागि विगतमा दिदै आएको ५ दिन सार्वजनिक बिदा पनि पुर्ण रुपले खारेजी गर्नु सामाजिक न्याय र समानताको दृष्टीकोणले सह्य हुन नसक्ने ,नेपालका आदिवासी जनजातिहरुको एतिहासिक, सामाजिक , सांस्कृतिक पहिचान र सभ्यतासँग जोडिएका चाडपर्वहरु (माघी/माघे संक्रान्ति,उभौली/उधौली, तमु ल्होसार, सोनाम ल्होछार, ग्याल्पो लोसार आदि) लाई राष्ट्रिय मान्यता र सम्मान स्वरुप दिइदै आएको सार्वजनिक बिदा वर्तमान सरकारले खारेज गरेको प्रति पुनर्स्थापनाका लागि आदिवासी जनजाति संगठनहरुले नेपाल सरकारका सम्बन्धित निकाय/संयन्त्रहरुमा औपचारिक र अनौपचारिक तबरले पटक पटक ध्यानाकर्षण, आग्रह र अनुरोध गरेको पुन: ध्यानाकर्षण गराउदै नेपाली दुतावास अबुधावी, युएई मार्फत नेपाल आदिवासी जनजाति महासंघ युएईले सम्मानिय प्रधानमन्त्री लाई ज्ञापनपत्र बुझाएको छ |

