इजरायलमा ”न्हु दँया भिन्तुना नेपाल सम्बत ११३८ नयाँ बर्ष ” भब्य रुपले मनाउने तयारी ।

जनजाती बिशेस

इजरायलमा ”न्हु दँया भिन्तुना नेपाल सम्बत ११३८ नयाँ बर्ष ” भब्य रुपले मनाउने तयारी ।

अक्टुबर १० फिष्टेल न्यूज:-बैदेशिक रोजगारको शिलशिलामा इजरायलमा रहेका नेवा: समुदायहरुको संगठन नेवा: खल इजरायलले विगतका बर्षहरुमा झैँ यो बर्ष पनि आगामि २० अक्टोबर शुक्रवारका दिन ‘न्हु दँया भिन्तुना नेपाल सम्बत ११३८ (नयाँ बर्ष ) तथा म्ह: पुजा विशेष कार्यक्रमको आयोजना गरी मनाउने भएको छ, त्यसको लागि कार्यक्रमको सम्पूर्ण तयारी समेत पुरा भएको आयोजकले फिष्टेल न्यूजलाई जानकारी गराएको छ । २०१७ अक्टोबर २० शुक्रवार बेलुकी ६ बजे देखि तेलअभिव स्थित केन्द्रिय बषपार्क (तखाना मर्काजित) 3rd floor hadasa (everest disco club) मा नेवा: समुदायले नयाँ बर्ष न्हु दँया भिंतुना नेपाल सम्बत ११३८ तथा म्ह: पुजा (आफैलाई पुजा गर्ने पर्व) समारोहको आयोजना गर्न लागिएको हो ।

बिदेशि भुमिमा रहेर पनि आफ्नो भाषा, धर्म, सस्कृतीको संरक्षण गर्दै यसको प्रवर्धनकोलागि सक्रिय रुपमा लागि पर्दै आइरहेको नेवा: खल इजरायलले त्यसैको निरन्तरता स्वरुप यस पटक पनि नयाँ बर्षको शुभकामना आदान प्रदान तथा म्ह: पुजा २०७४ कार्यक्रमको आयोजना गर्न लागेको हो ।नेवा: खल इजरायलले कार्यक्रममा उपस्थितहरुलाई नेवा: खाना निःशुल्क प्रवन्ध गरिने नेवा: खल इजरायलकी महासचिव रेखा श्रेष्ठले जानकारी दिनु भएको छ ।नेवा: खल इजरायलद्वारा इजरायलमा रहेका नेवा: तथा सम्पूर्ण नेपालीहरु लगायत इजरायलमा रहेका राजनीतिक, धार्मिक, जातीय सम्पूर्ण संघ सस्था पत्रकारहरुलाई कार्यक्रममा उपस्थितिकोलागि हार्दिक निमन्त्रणा गरिएको छ ।

आयोजक :-नेवा: खल इजरायल कार्यक्रम :-

मिति :- २० अक्टोबर २०१७ , शुक्रबार

समय: -बेलुकी ६ बजे

स्थान :- हादासा तखना मर्काजित तेस्रो तला (EVEREST DiSKO CLUB)


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...