नेवा: पुच: युएईले भव्यताका साथ नेपाल सम्वत ११४० न्हु दँया भिन्तुना र म्ह पुजा मनायो।

जनजाती बिशेस

नेवा: पुच: युएईले भव्यताका साथ नेपाल सम्वत ११४० न्हु दँया भिन्तुना र म्ह पुजा मनायो।
नोबेम्बर १ यु ए ई मनु कोंमे तमु :- नेवा: पुच: युएईको तत्वधानमा युएईको दुबाई, उमलक्वेन र अवुधाबी गरी तीन शहरमा भव्यताका साथ नेपाल सम्वत ११४० न्हु दँया भिन्तुना र म्ह पुजा सम्पन्न गरेको छ।दुबईमा आयोजित कार्यक्रममा थकालीको आसन ग्रहण गर्दै पुच:का महासचिव कुमार बलामीले आगन्तुक पाहुनाहरुको सम्मानमा स्वागत मन्तव्य दिएका थिए । केन्द्रीय सदस्य एवं खेलकुद संयोजक हिरालाल श्रेष्ठले संचालन गरेको उक्त कार्यक्रममा पुच:का सल्लाहकार विरेन्द्र कुमार नकर्मीले नेपाल सम्वत र म्ह पुजा बारे प्रकाश पारेका थियो, भने शुभकामना मन्तव्य दिंदै नेपाल आदिवासी जनजाती महासंघ युएईका वरिष्ठ उपाध्यक्ष विजया लक्ष्मी राईले युएईको बसाईमा दोस्रोपटक म्ह पुजा गर्न पाउँदा हर्षित भएको र नेवारी सभ्यता अझ बुझ्ने मौका पाएकोमा खुशी व्यक्त गरेका थिए।कार्यक्रममा एनआरएन एनसिसिका उपाध्यक्ष,नेफिन युएईका संरक्षण समितिका प्रमुख तथा निवर्तमान अध्यक्ष पासाङ्ग रिन्जी शेर्पा, नेपाली समाजका अध्यक्ष गोविन्द ढकाल, नेपाली समाजका पार्षद अध्यक्ष राम मोक्तान,तामाङ्ग समाज युएईका कार्यवाहक अध्यक्ष जितेन्द्र तामाङ्ग,वरिष्ठ ग़ज़लकार तथा समाजसेवी टक गुरुङ लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा नेवा: पुच: दुबई क्षेत्रीय समिति र मीसा: पुच: दुबई गठन गरेको छ। नेवा: पुच: दुबई क्षेत्रीय समिति संयोजकमा दिपेश श्रेष्ठ र उपसंयोजकमा लोक बहादुर श्रेष्ठ(सुभाष श्रेष्ठ)लाई चयन गरेको छ भने मीसा: पुच: दुबई संयोजकमा पवन मैयाँ नकर्मी र उपसंयोजकमा रीदी श्रेष्ठ चयन भएको छ। नेवा: पुच: युएईका उपाध्यक्ष राजेश प्रधान लाई दुबई कार्यक्रमको संयोजकको ज़िम्मा दिएको थियो । उमलक्वेन म्ह: पुजामा निरु श्रेष्ठ : नेवा भोय र पुजा सार्दाम, र सेल अनिता श्रेष्ठ : सगुन सामान खेँ,व: ऐला,न्या, मसी पो: कविता श्रेष्ठ : मरी मिठाइ ,कल्पना श्रेष्ठ : फलफूल र प्लेट मनोज श्रेष्ठ :प्लेट मा समान सजावट युजन श्रेष्ठ : मन्डप तयारी शलिसा उदास: चकलेट मसी पो: को लागि फुलमाला तयारी कल्पना, कविता , शलिसा ब्यबस्थापन तथा संयोजनमा लक्ष्मण श्रेष्ठ रहेको थियो भने नेवा: पुच: का प्रमुख सल्लाहकार प्रमोद श्रेष्ठले नेपाल सम्बत र म्ह: पुजाको महत्व अनि सगुनको बारेमा, रास्त्रीय बिभुती शन्खधर साख्वाको स्मृति तस्वीरमा मल्यार्पणका साथै नेपाल सम्बतको स्थापनाको बारेमा प्रष्टाएका थिए।। यसैगरी उमलक्वेनमा म्ह: पुजा सौहार्द्रपुर्ण बताबरणमा हर्सोउल्लाशका साथ सम्पन्न भएको छ। नेपाल बाट पाल्नु भएका अनिताका बुवा श्रदेय केशव बहादुर प्रधान लाई थकालीको रुपमा स्थान ग्रहण पश्चात् म्ह: पुजाको थालनी गरेको थियो। यसैगरी अवुधाबीमा म्ह पुजा कार्यक्रम पुच: का केन्द्रीय सदस्य तथा अवुधाबी क्षेत्रिय अध्यक्ष सुनिलमान श्रेष्ठको संयोजकत्वमा सम्पन्न भएको छ भने भुवन नकर्मी , बिनोद रंजित,अनिल रञ्जितकार, गोपाल महर्जन र राजेश श्रेष्ठले सम्पुर्ण तयारीमा बिशेष साथ दिएका थिए।अवुधाबीका मिसा पुच:टिमका दिदीबहिनीहरुले म्ह पुजाको लागी सक्रिय रुपमा सहयोग गर्दै उक्त कार्यक्रममा अन्जना नकर्मी र रजिना जोशी श्रेष्ठले बारा पकाएर सहयोग गरेका थिए। करिब ७० जना सहभागी सबैलाई नेपाली चुल्हो रेष्टुरेण्ट अवुधाबीले नेवारी भोज तयार पारेको थियो। कार्यक्रममा राजेश श्रेष्ठले स्वागत मन्तब्य सहित कार्यक्रम संचालन गरेका थिए।संयोजक सुनिलमान श्रेष्ठले म्ह पुजा सम्बन्धी जानकारी सहित शुभकामना मन्तब्य दिएका थिए भने सुष्मिता श्रेष्ठ र बबिता प्रधानले नृत्य प्रस्तुत गर्दै कार्यक्रममा सहभागी सबैलाई मनोरञ्जन दिएका थिए। । कार्यक्रमको अन्त्यमा बिगतमा नेवा: पुच: युएई लाई पुर्‍याएको बिशेष योगदानको उच्च मुल्यांकनको कदर गर्दै सुष्मिता श्रेष्ठ, भिम नारायण श्रेष्ठ,अवानी श्रेष्ठ, मिना श्रेष्ठ, बिनोद रंजित,अनिल रञ्जितकार, रजिना जोशी , अन्जना नकर्मी,अर्चना शिख्राकार र रञ्जिना गुरुङ लाई सम्मान पत्र द्धारा सम्मानित गरिएको थियो। नेवा: पुच: युएईले आफ्नो कला र संस्कृतिको जगेर्ना गर्ने कार्यमा यसपटकको म्ह पुजा तथा न्हु दँया भिन्तुना कार्यक्रम एकै ठाउँमा गर्न सम्भव नभएको हुंदा सबैलाई सुविधा हुने गरी समय लाई मध्य नजर राखी युएईको विभिन्न शहरहरुमा संयोजक टिम बनाई कार्यक्रम सम्पन्न गर्नु परेको र कार्यक्रममा सोचेको भन्दा घेरै ब्यक्तिहरु सहभागी भएको थियो जनाएको छ। कार्यक्रममा बिभिन्न नेवारी परिकार सहित पौराणिक नेवारी चलन अनुसार युएईमा म्ह पुजा मनाउन सफल बनाउन साथ र सहयोग गर्ने र नेवा: पुच: का पदाधिकारीहरुको ग्रुप टिम वर्क राम्रो भएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनहरुमा यसै गरी अन्य अरु थप सामाजिक तथा साँस्कृतिक कार्यक्रमहरु गर्न थप प्रेरणा मिलेको नेवा: पुच: युएई तथा नेपाल आदिवासी जनजाती महासंघ युएई का महासचिब कुमार बलामीले जानकारी गराएको छ।

दुबईको फोटो

उमलक्वेन को फोटो


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...