मगरात प्रदेश प्राप्तिको आन्दोलनलाइ सहयोग गर्न मगर संघ इजरायलका अध्यक्षको आव्हान ।

जनजाती बिशेस

मगरात प्रदेश प्राप्तिको आन्दोलनलाइ सहयोग गर्न मगर संघ इजरायलका  अध्यक्षको आव्हान ।

अक्टुबर २५ तेल अभिव इजरायल :- मगरात प्राप्तिको लागि विभिन्न समयमा मगरका बीर सन्तानहरुले दिएको बलिदानको र सहिदहरुको रगतको उच्च मुल्यांकन गर्दै,अब अन्तिम तथा निर्णायक मगरात प्राप्ति आन्दोलनका लागि सहयोग गर्न मगर संघ इजरायलका अध्यक्ष बिष्णु पुन मगरले आव्हान गर्नु भएको छ ।प्राचिन काल देखि नै नेपालको पुर्वमेची देखी पश्चिम महाकाली सम्म नेपालको विभिन्न भागमा बसोबास गर्ने मगरहरु जनस्ंख्याको दृष्टिकोणले २०६८ को जनगणनालाई पल्टाएर हेर्दा १८,८७,७३३ भएतापनि देशको राजनैतिक, आर्थिक र सामाजिक क्षेत्रमा पिछडिएकोले मगरहरुको सहभागीता राज्यसत्तामा न्यून रहेको छ ।

यसैकारणले गर्दा नेपाल अधिराज्यभरी बसोवास गर्ने मगरहरुलाई भाषिक, लैंगिक र धार्मिक रुपमा एकीकृत गर्नको निमित्त मगरात प्रदेशको स्थापना अति आवश्यक रहेको छ । नेपालमा जब सम्म मगरात प्रदेशकोे स्थापना हुन सक्दैन तबसम्म राज्यसत्तामा पुग्न असम्भव भएकोले मगरहरु सबै कुराबाट बञ्चित नै रहन्छन तसर्थ मगरहरुको हक, अधिकार सुनिश्चित गर्न तथा मगरहरुको आफ्नो मौलिक ,धार्मिक, सांस्कृतिक, भाषिक रितिरिवाज र लिपि इत्यादिलाई जर्गेना गर्नको लागी मगरहरुको सिङ्गो मगरात प्रदेशको अति आवश्यक भएको हुँदा मगरात आन्दोलन गर्न जरुरी छ ।आदिबासी जनजातिहरुको सबभन्दा ठुलो हिस्स ओगटेको समुदाय मगरहरुको पहिचान सहितको राज्य प्राप्त गर्न सके ठुलो उपलब्धि हुनेछ ।

तसर्थ, मगरात प्रदेश प्राप्तिको लागी नेपाल मगर संघ, केन्द्रिय समितीको छैठौं बैठकले निर्णय गरे बमोजिम केन्द्रिय अध्यक्ष नवीन रोका मगर इजरायल भ्रमण गएको बेला सयुक्त रूपमा प्रेस बिज्ञप्ती पेस गरि नेपाल तथा विश्वभरमा संगठित, मगर संघ, संस्थाहरुमा परिपत्र जारि गरी आव्हान गरेको मगरात आन्दोलन अन्तरगत “एक घर एक मगर, एक मगर एक रुपैँया” भन्ने अभियानलाई सफल पारौ भन्ने आग्रहका साथ नेपाल मगर संघ शाखा इजरायलकी अध्यक्ष एबम मगर्स क्रियशन इन्भेस्टमेन्ट कम्पनी लिमिटेडकी संस्थापक तथा बिश्व संयोजक बिष्णु पुन मगरले रु. १०,१०० (अक्षररुपि दश हजार एक रुपैया) दिने प्रतिबद्दता गर्दै, स्वदेश तथा बिदेशमा रहनु भएका सम्पुर्ण मगर दाजुभाइ तथा दिदिबहिनीहरुलाई पनि आ-आफ्नो तर्फबाट सक्दो सहयोग गरिदिनुहुनको लागि आव्हान गर्नु भएको हो ।वहाले मगर संघ केन्द्रको उदेश्य पूरा गर्न तपाईं हाम्रो साथ अनि सहयोगको अबस्यक छ,यसको लागि सम्पूर्ण मगर समुदाय एक हुनुपर्नेमा पनि जोड दिनु भएको छ ।

mg


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...