नेपाल मगर संघ शाखा इजरायलले पनि ३८ औ मगर दिवस मनाए ।

जनजाती बिशेस

नेपाल मगर संघ शाखा इजरायलले पनि ३८ औ मगर दिवस मनाए ।
मार्च १ फिस्टेल न्यूज :-नेपाल मगर संघ शाखा इजरायलले ३८ औ मगर दिवस मनाएको छ ।इजरायलको प्रमुख ब्यापारिक शहर तेल अभिवमा सम्प्पन भएको सो कार्यक्रम नेपाल मगर संघ शाखा इजरायलका प्रथम उपाध्यक्ष जय पुन मगरको सभापतित्व सम्पन्न भएको थियो भने प्रमुख अतिथी नेपाल जनजाती महासंघ इजरायलका अध्यक्ष तारा काउचा मगर लगायत विभिन्न संघ, संगठनका अध्यक्ष तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।संघका तृतीय उपाध्यक्ष सुर्य राना मगरको स्वागत मन्तब्य दिनु भएको थियो भने प्रमुख अतिथी नेपाल जनजाती महासंघ इजरायलका अध्यक्ष तारा काउचा मगरले देश तथा बिदेशमा छरिएर रहनुभएका सम्पुर्ण मगर समुदाय तथा नेपालीहरुमा ३८औ मगर स्थापना दिवसको शुभकामना दिनु भएको थियो । संघका कोष अध्यक्ष चित्र जुग्जाली मगरले ३८ औ मगर दिवसको सु -अवसर पारेर नेपाल मगर संघ शाखा इजरायलले स्थापना गरेको गरिव जेहेन्दार बिद्यार्थीहरुको लागी स्थापित गरिएको अक्षय कोषको रकमबाट म्याग्दीको मालिका गाउँपालिका–७ बिमको मालिका आधारभुत विद्यालयकी कक्षा ४ मा अध्ययनरत प्रेणा गर्बुजा मगर, कास्कीको पोखरा महानगरपालिका–३३ को चण्डी माध्यामिक विद्यालयको कक्षा ४ मा अध्ययनरत बिपिन आले मगर र धादिङ जिल्ला सिद्देलेक गाउँपालिका–४, जलेश्वर माविमा कक्षा ४ मा अध्ययनरत रजनी थापा मगरलाई वितरणको लागि जनही नेपाली रुपिया दश हजारका दरले रकम हस्तान्तरण गरिएको बारे बताउनु भएको थियो । सभापति तथा नेपाल मगर संघ इजरायल शाखाका प्रथम उपाध्यक्ष जय पुन मगरले ३८ औ मगर दिवस अवसरमा शुभकामना दिनु हुँदै कार्यक्रममा उपस्थित सम्पुर्णलाई धन्यवाद दिनु भएको थियो ।यस बर्षको माघे सक्रान्ती पर्वको अवसरमा आयोजना गरेको माघ्या सकराटी २०७६ साँझमा स्थापना भएको गरिव तथा जेहेन्दार बिद्यार्थीहरुको लागी पचास हजार सेकेलको अक्षयकोषकोलाई नेपाली पचास लाख पुर्याउने संघको लक्ष्य पुरा गर्न प्रतिबद्द रहेको र यसबाट आर्थिक रुपले बिपन्न जेहेन्दार बिद्यार्थीलाई विभिन्न अवसर पारेर सहयोग हस्तान्तरण गर्दै जाने र यस कोषको अर्को उद्देश्य मगर मातृ भाषाको पठनपाठन र बिकास गराउनु रहेको बारे बताउनु  हुँदै कार्यक्रम बिसर्जन गर्नु भएको थियो ।

''स्मरण रहोस नेपाल मगर संघ इजरायलले माघ्या सकरती साँझको अवसरमा ५० हजार निश को अक्षय कोष स्थापना गरेको थियो भने सो कार्यक्रममा अध्यक्ष लिला थापा मगरले यस कोषलाई पचास लाख नेपाली रुपिया पुरेउने घोषणा गर्नु भएको थियो ।यस कोषलाई आमन्त्रित कलाकार तथा समाज सेवी  टंक बुढाथोकीले एक लाख नेपाली रुपिया हस्तान्तरण गर्नु भएको थियो ।''

२०३९ साल फाल्गुन १५ गते टाहालुङ्ग (तनहुँ) को ड्यामबोले (दमौली) मा सम्पुर्ण मगर समुदायको मुक्तिको आवाजलाई बुलन्द गर्दै देशभरी नै नेपाल मगर संघ झन्डा फहराउने महान संकल्पका साथ प्रथम राष्ट्रिय महाधिवेशन भब्यताका साथ सम्पन भएको एतिहासिक दिनलाई नै मगर संघको स्थापना दिवस मगरहरुको महान पर्बको रुपमा मनाउदै आएको पाइन्छ ।  

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...