पोखरामा बिदेशी मुद्रा सहित एक भारतीय नागरीक र एक नेपाली पक्राउ |

अन्य

पोखरामा बिदेशी मुद्रा सहित एक भारतीय नागरीक र एक नेपाली पक्राउ |
मंसिर ७ पोखरा :-पोखरामा करिव ३१ लाख बराबरको बिदेशी मुद्रा सहित २ जना पक्राउ परेका छन् । लेकसाइड स्थित सेन्टर पोइन्टको एक होटलबाट युरो, अमेरीकी डलर ,भारतीय तथा नेपाली रुपैया गरि ३१ लाख २८ हजार ७ सय ९ रुपैया सहित बिहिबार २ जना पक्राउ परेको प्रहरीले जनाएको छ । अबैध रुपमा बिदेशी मुद्रा सहित पक्राउ पर्नेमा काठमाण्डौ -३५ की २९ बर्षिया चन्दा थापा र ४८ बर्षिय भारतीय नागरिक बिनायक कुमार बाबलाल शाह रहेको बडा प्रहरी कार्यालय बैदामका डिएसपी नविन कार्कीले जानकारी दिए । उनीहरुको साथबाट प्रहरीले नेपाली रुपैया २४,८०५, भारतीय रुपैया २ हजार दरका नोट ४३ थान , ५ सय दरका नोट ११ थान, १ सय दरका नोट ९० थान, अमेरीकन डलर १सय दरका नोट १ सय ९७ थान, ५० दरका नोट ५ थान, २० दरका नोट २ थान, १० दरको नोट १ थान बरामद गरेको डिएसपी कार्कीले त्यसैगरी उनीहरुको साथबाट प्रहरीले युरो ५ सय दरका नोट ४ थान, ५० दरका नोट २३ थान, २० दरका नोट २४ थान र १० दरका नोट १७ थान तथा इंग्ल्याण्ड पाउण्ड ५० दरका नोट ७ थान, २० दरका नोट २९ थान, १० दरका नोट १६ थान र ५ दरका नोट २ थान फेला पारेको डिएसपी कार्कीले बताए । नगदसँगै उनीहरुको साथबाट ल्यापटप १ थान , मोवाईल ४ थान तथा बिभिन्न बैंकका ०६ थान एटिएम कार्ड बरामद भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार पक्राउ परेका दुबैजनालाई शुक्रबार थप अनुसन्धानको लागी राजश्व अनुसन्धान विभाग काठमाण्डौ पठाइएको छ ।  

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...