आज पुस १४ स्वर्गीय राजा बिरेन्द्र शाहको सम्झना |

अन्य

पुस १४ काठमाडौँ :-तत्कालीन राजा स्वर्गीय विरेन्द्र शाहको ७४ औँ जन्मजयन्तीको अवसरमा आज उनलाई स्मरण गरिएको छ । स्व राजाले आफ्ना कार्यकालमा नेपाल र नेपालीलाई पु¥याएको योगदानलाई कदर गर्दै ललितपुरको जाउलाखेलमा योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्ले उनको शालिकमा माल्यार्पण तथा श्रद्धाञ्जलि कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्का अध्यक्ष शङ्खर पौडेलले स्व राजा वीरेन्द्र एक प्रजातन्त्रप्रेमी र सच्चा देशभक्त राजा भएको विचार राखे। वीरेन्द्रको शालिक माल्यार्पण तथा श्रद्धाञ्जलि अर्पण कार्यक्रममा पूर्वराजाका प्रमुख मुख्य सचिव पशुपतिभक्त महर्जन, संवाद सचिव डा फणीराज पाठकलगायत धार्मिक सङ्घसंस्थाका प्रतिनिधि र समाजसेवीको कार्यक्रममा उपस्थिति थियो । वीरेन्द्र शाहको २०५८ साल जेठ १९ मा राजदरवारमै सपरिवार हत्या भएको थियो । रासस

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...