युएईको दुबईमा पहिलो पटक डम्फू सांझ आयोजना हुंदै।

विदेश    सिनेमा/मनोरन्जन

युएईको दुबईमा पहिलो पटक डम्फू सांझ आयोजना  हुंदै।
अप्रिल ११ मान सिङ गुरुङ (मानु कोन्मे),युएई - तामाङ समुदायको संस्कृति बोकेको हाम्रो डम्फु हाम्रै शान यसैमा छ तामाङ पहिचान भन्ने मुल नाराका साथ युएईमा पहिलो पटक यहि आउदो २०१९ अप्रील १९ तारिख शुक्रवार दुबई स्थित काल्टन टावरको हलमा भव्यता साथ डम्फु सांझ कार्यक्रम आयोजना हुंदैछ। उक्त कार्यक्रमको उद्देश्य तामाङ समुदायको मौलिक पहिचान बोकेको डम्फुको संरक्षण तथा प्रबर्धन गर्न कार्यक्रमले सहयोग पुर्‍याउने,प्रयोगबिहीन अवस्थामा रहेको डम्फुलाई आफ्नो समुदायमा चिनाउन र युवा पुस्ताहरु पश्चिमेली संस्कृतिमा रमाउन थालेपछि तामाङ समुदायको पहिचान र सभ्यता झल्काउने बाजा हराउदैँ गएकोले आफ्नो बाजाहरु र संस्कृतिमा रमाउन युवापुस्तालाई प्रेरित गर्न पहिलो पटक कार्यक्रम आयोजना गर्न लागिएको हो। कार्यक्रममा नेपालबाट अतिथि कलाकारको रुपमा आउनु हुने सेलो गायिका इन्दिरा गोले गुरुङ, जितु लोप्चनको बिशेष प्रतुती रहने भएको छ भने प्रवास युएईमा रहेका सेलो गायक गायिकाहरु विश्व दोङ, फुलकुमार बम्जन, म्हेन्दोमाया र सुमन घले, तामाङ चालचित्रका निर्माता तथा नायक अमिर दोङ तामाङ, नायिका सुनिता लुङवा, सुस्मा मोक्तान र स्मारिका थिङ तामाङको बेजोड प्रस्तुति रहने आयोजक समितिका सदस्य अनिष तामाङले जानकारी गराउनु भएको छ। यस किसिमको कार्यक्रम हरेक बर्ष आयोजना गर्ने लक्ष्यका साथ सुरेन्द्र थिंङ तामाङको संयोजकत्वमा डम्फु साँझ युएई समिति समेत गठन गरिएको छ ।उक्त समितिले आगामी दिनमा तामाङ समुदायले चाडपर्वमा प्रयोग गर्दै आएका बाजागाजाको संकलन समेत गर्ने आयोजकले जनाएको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...