तमु धिं युकेको आयोजनामा नेपाली मेला सम्पन्न ।

विदेश

तमु धिं युकेको आयोजनामा नेपाली मेला सम्पन्न ।

अगस्ट २९ लन्डन :- तमु धिं युकेले आयोजना गरेको नेपाली मेला भब्य रुपले सम्पन्न भएको छ ।नेपालका विभिन्न भागका भेषभुषा तथा संस्कृति झल्काउने झाँकीहरु प्रदर्शन गर्दै लण्डनमा नवौं नेपाली मेला सम्पन्न भएको छ। लण्डनस्थित नेपाली दूतावासको सहयोगमा तमुधी युकेद्वारा आइतबार लण्डनको केम्पटन पार्कमा आयोजित नेपाली मेलामा ब्रिटेनमा बसीरहेका हजारौं नेपालीहरु सहभागी भएका थिए ।मेलाका धेरैजसो सहभागीहरु आआफ्ना मौलिक भेषभुषा तथा ग्रामीण परिवेश झल्काउने पहिरनमा सजीएका थिएब्रिटेनकालागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले लगायतले मेलाको सामूहिक उद्घाटन गरेका थिए ।

खासगरी पश्चिम नेपालको कृषिमा आधारित जीवनशैली र संस्कृति झल्काउने गरी झाँकी प्रदर्शन गर्ने लमजुङ समाज युकेले झाँकी तर्फ पहिलो स्थान प्राप्त गरेको थियोब्रिटेनसंग नेपालको संबन्ध कायम भएको दुईसय वर्ष पुरा हुदै गर्दा ब्रिटिश सेनामा कार्यरत गोर्खा सैनिकहरु पनि आफ्नै पोशाकमा मेलामा सहभागी भएका थिएमेलामा ब्रिटेनको सत्तारुढ कन्जरभेटिभ पार्टीका सांसद डा. म्याथु अफोर्ड (दायाँबाट दोश्रो) लगायत ब्रिटिश सांसदहरु, काउन्सिलरहरु तथा अन्य ब्रिटिश पाहुनाहरु पनि सहभागी भएका थिए ।

ब्रिटेनमा प्रवासी नेपालीहरुको संख्या एकलाख नाघेको अनुमान गरिँदै गर्दा संघसंस्थाहरुको संख्या पनि बढीरहेको छ र तिनले युवायुवतीहरुलाई नेपाली नृत्य तथा संगीत अभ्यास गर्न प्रेरित पनि गर्ने गरेका छन्पश्चिम नेपालको स्याङ्जा जिल्लाका साविक चारवटा गाउँ विकास समितिहरुबाट आएर अहिले ब्रिटेनमा बसोबास गर्ने नेपालीहरुले स्थानीय गुरुङ समुदायको जनजीवन तथा संस्कृति झल्किने प्रस्तुति गरेका थिए पासा पुच: गुठी युकेले नेपालको समृद्ध नेवारी कला संस्कृतिको झलक देखाउदा कतिपय सहभागीहरुले आफुहरु नेपालमै भए जस्तो अनुभूत गरेको पनि बताए ।नेपालको चर्चित नौमती बाजा तथा पन्चे बाजा बजाएर ब्रिटेनमा नाम कमाएको नौमती बाजा समूह पनि सहभागी नेपाली मेलाले नेपाली पहिचान जोगाउन मदत पुग्ने आयोजकहरुको भनाइ छ ।

साभार :-बिबिसी


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...