माघ्या सकराटी साङ्गितिक साँझको लागी टंक बुढाथोकी र मनोज थापा इजरायलमा ।

सिनेमा/मनोरन्जन

माघ्या सकराटी साङ्गितिक साँझको लागी टंक बुढाथोकी र मनोज थापा इजरायलमा ।
जनवरी १५ तेल अभिव :-मगर समुदायको मौलिक पहिचान ,भेषभुषा , भाषा ,धर्म ,संस्कार, कला ,संस्कृति, पराम्परलाई संरक्षण,सम्बर्द्धन,प्रबर्द्धन गर्नको लागी सन २०१३ मा स्थापित नेपाल मगर संघ शाखा इजरायलले स्थापना भए देखि नै मगरहरुको आफ्नो मौलिक पहिचान बोकेका चाडपर्वहरु प्रत्येक बर्ष भब्य रुपले मनाउंदै आईरहेको छ ।यसै क्रममा यस बर्षको माघे सक्रान्ती पर्व ( माघ्या सकराटी) कार्यक्रम भब्य रुपले मनाउने भएको छ । नेपालबाट आमन्त्रित कलाकारहरु टंक बुढाथोकी र मनोज थापा इजरायल आईसकेको छ । "माघ्या सकराटी साङ्गितिक साँझ २०७६ "भोलि मिती १७ जनवरी २०२० शुक्रबारको दिन तेलभिब स्थित हगाना बेईत बरबुर १३५ को हलमा चर्चित नेपालका राष्ट्रिय कलाकारहरु टंक बुढाथोकी र मनोज थापा मगरको साथै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतीहरूको साथमा ऐतिहासिक रुपले मनाउने भएको हुँदा उपस्थित भएर मनोरंजन लिनु हुन इजरायलमा रहनुहुने सम्पुर्ण नेपालीभाषी दाजुभाई तथा दिदिबहिनीहरुलाई उपस्थितिको लागी नेपाल मगर संघ शाखा इजरायलले अनुरोध गरिएको छ ।यस कार्यक्रम भब्य हुने अनुमान गरिएको छ ५०० टिकेट बिक्रि भई सकेको र अझै भोली कार्यक्रम स्थलमा पनि बिक्रि हुने सम्भावना भएकोले कार्यक्रम एतिहासिक तथा भब्य हुनेमा आफु ढुक्क भएको कार्यक्रम संयोजक मन रानाले बताएका छन् । "माघ्या सकराटी साङ्गितिक साँझ २०७६ आयोजक :-नेपाल मगर संघ शाखा इजरायल मिती :-- १७ जनवरी २०२० शुक्रबार स्थान: -हगाना बेईत बरबुर १३५ ,तेल अभिव समय - साँझ ७ :०० बजे प्रवेश शुल्का :-१०० निश नोट - तेलभिव लिबिन्सकी पार्कबाट कार्यक्रम स्थलसम्म जानको लागि यातायातको ब्यबस्था पनि गरिएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...