गायक हिरा थापा मगरको मौलिक सालैजो गीत “मन परेको माया” सार्वजनिक ।

सिनेमा/मनोरन्जन

गायक हिरा थापा मगरको मौलिक सालैजो गीत “मन परेको माया” सार्वजनिक ।
मार्च ९ फिष्टेल न्यूज :– सुमधुर स्वरका धनी गायक तथा मोडल हिरा थापा मगरको तेस्रो प्रस्तुति मौलिक सालैजो "मन परेको माया" गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। हिम कुमार थापा मगरको लय ,शब्दमा गायक हिरा थापा मगर र अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त बहुचर्चित गायिका शर्मिला गुरुङको स्वर तथा सागर बिरहीको एरेन्जमा रहेको उक्त गीतमा स्वयम् गायक एवं मोडल हिरा थापा मगर र मोडेल सुमित्रा गुरुङ (बिनिता) ले अभिनय गरेको छ। गायक हिरा थापा मगर परदेशको भुमीमा व्यस्तताको बाबजुद पनि आफ्नो काम लाई समय दिंदै गीत संगीतमा लागि परेको छ। नवलपरासी जिल्ला बौदिकाली - १ नरामछाप घर भएका बाबू डिल बहादुर थापा मगर (भारतीय सेना) आमा अतिसरा थापा मगरको छोरा हाल युएईको दुबईमा बिगत ४ बर्ष देखी कार्यरत रहेको छ। गायक तथा मोडल हिरा थापा मगर नेपाल मगर संघ युएई दुबई क्षेत्रीय समितिका सांस्कृतिक बिभाग प्रमुख समेत हुन भने प्रवास युएईमा गायक मात्र नभइ चर्चित कुशल नृत्यकार पनि हुन ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...