धनुषामा बम बिस्फोट हुँदा प्रहरी निरिक्षक सहित ३ जनाको मृत्यु ।

देश

धनुषामा बम बिस्फोट हुँदा  प्रहरी निरिक्षक सहित ३ जनाको मृत्यु ।
डिसेम्बर १४ धनुषा :-धनुषाको थिरेश्वरनाथ नगरपालिका ५ स्थित औषधि व्यवसायी राजेश साहको घरमा बम विस्फोट हुँदा तीनजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । शुक्रबार मध्यराति भएको विस्फोटमा एकजना प्रहरीसहित तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक उमाशंकर साहले जानकारी दिएका छन् । उनका अनुसार मृत्यु हुनेमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक अमिर दाहाल, औषधी व्यवसायी राजेश साह र उनका छोरा रहेका छन् । विस्फोटमा गम्भीर घाइते भएका प्रहरी निरीक्षक दाहालको उपचारका क्रममा शनिबार बिहान ६ः५० मा मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले पुष्टि गरेका छन् । राजेश साहले आफ्नो घरमा बम राखेको थाहा पाएपछि प्रहरी निरीक्षक दाहाललाई बोलाएका थिए ।विस्फोटमा परि राजेश साहका एक छोरा र एक छोरी घाइते भएका छन् ।घटनाको बारेमा प्रहरीले अनुसन्धान थालेको जनाइएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...