तमु प्ये ल्हु संघ कतारको चेलीबेटी भोज तथा सम्मान कार्यक्रम सु सम्पन्न ।

अन्य

तमु प्ये ल्हु संघ कतारको चेलीबेटी भोज तथा सम्मान कार्यक्रम सु सम्पन्न ।

फेब्रअरी ५ दोहा :-माइती र चेली बिचको सुमुधुर सम्बन्ध कायम राख्ने एउटा छुट्टै महत्त्व बोकेको पर्व माघे सक्रन्ती (माङी त्हे) को अबसर पारी दोहा कतारमा स्थापित तमु प्ये ल्हे संघ कतार ले गत हाप्ता २ फेब्रुअरी २०१८ शुक्रबारको दिन अल नख्यान रेस्टुरेन्टको पार्टी हलमा संस्थागत रुपममा अध्यक्ष सान पह्च्यु तमु को अध्यक्षता तथा संरक्षक युद्द जङ पह्च्यु तमुको बिशेष अतिथिमा चेलीबेटी भोज तथा सम्मान कार्यक्रम सु सम्पन्न गरे ।

27459702_377123406093191_4351537256080000245_n

उक्त कार्यक्रममा अतिथिको रुपमा भर्खरै सम्पन्न गैर आबासिया नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको ६०औं बैठक बाट NRNA-ICC को Honorary Council सदस्यमा मनोनित हुनु भएका बिगत लामो समय देखि दोहा कतारमा स्थापित संघ सस्थाहरुमा अबाद्ध रहि सामाजिक सेवामा लाग्नु भएका बिल ब. गुरुङ र NRNA ICC CO-OPTED मेम्बर मा मनोनित हुनु भएकी दोहामा ख्याती प्राप्त राष्ट्रिय लोक गायिका देबिका के.सि.(गुरुङ) र NRNA-NCC कतारकी महिला संयोजक सरिता तमुस्यो, तमु (गुरुङ) समाज कतारको अध्यक्ष रस गुरुङ र महिला बिभाग संयोजक टौमाया तमुस्यो, मंगोल नेशनल अर्गनाईजेसन प्रबास सभा कतारको अध्यक्ष संजय लिम्बू र संघका सल्लाहकारहरुमा प्रमुख सल्लाहकार अमर ल्हेगे तमु, सल्लाहकार सदस्य ईच्छे प्हच्यु तमु, सल्लाहकार सदस्य एवं NRNA-NCC कतारको प्रदेश न. ४ सदस्य आश ब. गुरुङ, संघको महिला संयोजक सबिता ल्हेगे तमुस्यो, त्यसै गरि बुद्धिजिबी बद्री ल्हेगे तमु, जेष्ठ नागरिक खिम ब. प्ल्हे तमु, सांस्कृतिक संयोजक फलेन्द्र थिम्छे तमु, दोहा-सनाया प्रमुख राम ब. ल्हेगे तमु रहनु भएको थियो भने आमन्त्रित तमुस्यो चेलीबेटीहरु, विभागीय उपप्रमुखहरु, र धेरै भन्दा धेरै आफ्नो चेलीबेटीहरुको सम्मान र सपोर्टको लागि दोहाबासी तमु दाजुभाईहरुको पनि बाक्लो उपस्थिति रहेको थियो। उक्त औपचारिक कार्यक्रमको संचालन सचिब चन्द्र ल्हेगें तमुले गर्नु भएको थियो।

27459614_377117809427084_4776702458280077471_n

तमु जातीको आस्थाको धरोहर क्वोइबो धि मा दिप प्रज्वलन गरि कार्यक्रम शुभारम्भ गरेका थिए । नेपाली राष्ट्रिय गित “सयौ फुलका थुङा हामी एउटै माला नेपाली.... धुन संगै पित्री एवं दिबंगत चिर आत्माको शान्तिको लागि एक मिनेट मौन धारण पछि दृतिया उपाध्यक्ष संग्राम पह्च्यु तमु ले स्वागत मन्तब्य राख्नु भएको थियो । कार्यक्रम बारे जानकारी संरक्षक युद्ध जङ पह्च्यु तमुले गर्नु भएको थियो। यस माघेसक्रान्ति लाई तमुहरुले महिला दिवसको रुपमा मनाउने गरेको ईतिहास छ । यो दिनमा आफ्नो चेलीबेटी (रि-च्हमी) हरुलाई माना चामल दिने (सि म्हन पिँब) चलन छ । यस माघेसक्रान्ति पर्वमा आफ्नो भाईखलक अर्थात कुलको सबै चेलीबेटी (रि-च्हमी) हरुलाइ बनभोज अर्थात रि-च्हमी स्योकैँ को आयोजना गरी सबै चेलीबेटीहरुलाई बोलाएर भोज खुवाउने दुख सुख साटासाट गर्ने, नाच्ने गाउने रमाईलो गर्ने र सम्मान गरिने प्रचलन छ ।

27540794_377127732759425_1401487737314751340_n

यसै कार्यक्रमकै बेला भर्खरै सम्पन्न गैर आबासिया नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको ६०औं बैठक बाट NRNA-ICC को Honorary Council सदस्यमा मनोनित हुनु भएका बिगत लामो समय देखि दोहा कतारमा स्थापित संघ सस्थाहरुमा अबाद्ध रहि सामाजिक सेवामा लाग्नु भएका बिल ब. गुरुङ र NRNA ICC CO-OPTED मेम्बर मा मनोनित हुनु भएकी दोहामा ख्याती प्राप्त राष्ट्रिय लोक गायिका देबिका के.सि.(गुरुङ) र NRNA-NCC कतारकी महिला संयोजक सरिता तमुस्यो लाई उहाहरुको कार्यकाल सफल रहोस भनी शुभकामना सहित क्रमशः फेटा र क्रमु लगाईदिएर बधाई पत्र प्रदान गरि सम्मान गरिएको थियो । सम्मान संगै सम्मानित ब्यक्ती हरु NRNA-NCC कतार महिला संयोजक सरिता तमुस्यो, प्रसिद्ध राष्ट्रिय लोक गायिका देबिका केसि गुरुङ र NRNA-ICC को Honorary Council मा मनोनित सदस्य बिल ब गुरुङ ले मिठो मन्तब्य राख्नु भएको थियो ।

27331916_377142356091296_296187439873265377_n

हाम्रो निमन्त्रणा लाई स्विकारी पाल्नु भएका सम्पुर्ण चेलीबेटी, तमु (गुरुङ) समाज कतार र मंगोल नेशनल अर्गनाईजेसन कतारको चेलीबेटीहरुलाई तमुहरुकै संस्कार अनुसार सभापति शान प्हच्यु तमु तथा संरक्षक युद्धजंग प्हच्यु तमु को हस्तबहाली बाट क्रमु (पछ्यौरी) ओढाएर सम्मान गरिएको थियो l गाउँ घरकै चलन चल्ती जस्तै गरि चेलीबेटीहरुले सेल रोटी, अचार, प्हा को सट्टा जुस लगायत धेरै मिठा मिठा परीकारहरु ल्याई माईतीहरुलाई खुवाएका थिए भने दोहोरो माईतीहरुले पनि मीठो विभिन्न प्रकारका परीकारहरुको साथ चेलीबेटीलाई भोज खुवाएको थियो l

27332174_377134059425459_6480997130583302786_n

यस कार्यक्रममा तमु प्ये ल्हु संघ कतारले भर्खरै मात्र सम्पन्न गरेको खि ल्होसार बिशेष कार्यक्रम २०१८ मा आफ्नो कला प्रस्तुती एवं संघलाई दिनु भएको आर्थिक भौतिक नैतिकमा साथ दिने स्थानिय कलाकारहरु तथा सहयोगदाताहरुलाई समेत सभापती, संरक्षक, प्रमुख सल्लाहकार र उपस्थित अतिथीहरु बाट क्रमशः सम्मान पत्र र कदर पत्र हस्तान्तरण गरिएको थियो भने ल्होसार कार्यक्रमको संयोजक भुमिका निभाई कार्यक्रम सफल पार्न दिनु भएको योगदानको कदर गर्दै दृतिया उपाध्यक्ष संग्राम पह्च्यु तमुलाई तमु पराम्परा अनुसार क्रेगी र सम्मान पत्रले सम्मान गरिएको थियो।

27336339_377142672757931_4428024079642199283_n

तमु प्ये ल्हु संघ कतारले आयोजना गरेको खि ल्होसार बिशेष २०१८ को अबसरमा रमाइलोको लागी खोलिएको भाग्यशाली चिट्ठा पनि ल्होसारको दिन समय अभाबको कारण बाकि रहेकोको अन्तिम नतिजाको चिट्ठा पनि यसै कार्यक्रममा खोलि क्रमश प्रथम, दोश्रो, तेश्रो र सान्त्वना पुरस्कार पनि वितरण गरिएको थियो l जसमा प्रथम पुरस्कार मा १० ग्राम सुन मंगोल नेशनल अर्गनाईजेसन कतारकी सदस्य हेलन आले भाग्यशाली बनिन भने, दोश्रो पुरस्कार ३२ इन्चको टेलिभिजन संघकै उपशाखा दोहा सनयाको सहसयोजक केशु ल्हेंगे भयाशाली भन्नु भएको थियो l तेश्रो पुरस्कार को भाग्यमानीमा सुनुवार सेवा समाज कतारको इशान सुनुवार ले J7 Core मोबाइल र सान्त्वना पुरस्कारमा ३ वटा हाते घडी आकृति, सैरभराज अधिकारी भायाशाली को नतिजा प्रकाशित संगै उपस्थित सम्पूर्णले अन्तिम नाच्दै, गाउदै, रमाउदै हर्सोल्लासमय तरिकाले यस वर्षको चेलीबेटी भोज तथा सम्मान कार्यक्रम लाई सम्पन्न गर्दै, दोहा कतारको बसाई लाई अन्त गर्दै कर्म भुमी नेपाल जाँदै हुनुहुने संघका सक्रिय आजीवन सदस्य तथा प्रचार प्रसार संयोजक कैलाशपति क्रोम्छे तमु लाई संघमा रहेर गर्नु भएको योगदानको कदर गर्दै फेटा लगाई कदर पत्र प्रदान गरि नेपाल बसाईको दिन हरु सुखद एवं प्रगतीमय रहुन, सफल यात्राको कामना सहित सम्मान बिदाई पनि गरियो।

27332534_377128239426041_928618816400100243_n

अन्तमा सबै छुट्ने बेला आफ्नो चेलीहरुलाई गाउघरको चलन अर्थात परम्परा अनुसार चेलीहरुलाई मानो, चामलको सट्टा केही दस्तुर हातमा राखिदिएर बिदाई गरी सभापति द्वारा कार्यक्रमको समापन भएको घोषणा गर्नु भयो।

photo :-purna gurung


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...