फेवातालको जल्कुम्बी झार हटाउने मेसिन पोखरा भित्रियो |

अन्य

फेवातालको जल्कुम्बी झार हटाउने मेसिन पोखरा भित्रियो |

फेब्रअरी १ पोखरा :-पर्यटकीय शहर पोखराको आकर्षकको रुपमा रहेको फेवाताललाई बर्षेनी कुरुप बनाउने जलकुम्भी झार सजिलै हटाउन सकिने भएको छ । बर्षेनी जलकुम्भीले ढाकेपछि डुंगा ब्यवसायी, स्थानीय पर्यटन ब्यवसायी, नागरिक समाज, सुरक्षाकर्मीले महिनौ लगाएर निकै कष्टका साथ जलकुम्भी हटाउदै आएका थिए । तर अब भने सहज रुपमा जलकुम्भी झार हटाउने मेसीन भित्र्याइएको छ ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ५० लाख र पोखरा महानगरपालिकाको ७५ लाख रुपैयाँ गरी १ करोड २५ लाख रुपौयाँ लागतमा फेवातालको जलकुम्भी झार निकाल्ने मेसिन ल्याइएको हो । मेसिनको बुधबार बिहान सफल परीक्षण गरिएको छ । यो मेसिन क्यानडाबाट ल्याइएको हो । बुधबार परीक्षण मात्र गरिएको र एक सातापछि बिशेष कार्यक्रमनै गरी औपचारिक सुरुआत गर्ने पोखरा लेखनाथ महानगरपालिकाका फेवाताल संरक्षण आयोजना प्रमुख इन्जिनियर महेन्द्रबहादुर गोदारले जानकारी दिए ।

सांसद रवीन्द्र अधिकारी र महानगरपालिकाको समन्वयमा जलकुम्भी झार निकाल्ने मसिन ल्याइएको उनले बताए । उनका अनुसार फेवातालबाट निकालिएको झार एक ठाउँमा जम्मा गरिने र यसबाट कम्पोस्ट मल बनाउने योजना महानगरपालिकाको छ ।नगरपालिकाले गत २०७४ वैशाख १९ गते जलकुम्भी लगायत झार व्यवस्थापनका लागि मेसिन खरिद गर्ने निर्णय गरेको थियो ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...