माओबादी केन्द्रका राष्ट्रिय सभा सदस्यहरुको नामको टुंगो लागेयो |

अन्य

माओबादी केन्द्रका राष्ट्रिय सभा सदस्यहरुको नामको टुंगो लागेयो |

जनवरी २३ काठमाडौँ :- नेकपा माओवादी केन्द्रले पार्टीबाट राष्ट्रिय सभा सदसयका लागि उम्मेद्वारको नाम टूंगो लगाएको छ ।माओवादी केन्द्रलाई वाम गठबन्धनको सहमति अनुसार १४ सिट भाग परेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित शीर्ष तीन नेताको आज बसेको बैठकले राष्ट्रिय सभा सदस्यका नाम टुंगो लगाएको हो ।

माओवादी केन्द्रको ७ प्रदेशका इन्चार्जसहितको शीर्ष नेताहरुको सोमबारको बैठकले अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता श्रेष्ठ र बादललाई उम्मेदवारको नाम छनोट गर्ने जिम्मा दिएको थियो ।माओवादीले प्रदेश नं ३ को खुलातर्फबाट पार्टीका वरिष्ट नेता रामबहादुर थापा ‘बादल’ लाई उम्मेदवार बनाउको छ ।माओवादी केन्द्रका राष्ट्रियसभा सदस्य उम्मेदवारको अन्तिम नामवली :-

प्रदेश नं १ १‍‍‍. बीना पोखरेल (महिला)  

प्रदेश नं २

२. शशिकला दाहाल (महिला)

३. टुङ्गो लगाउन बाँकी

  प्रदेश नं ३

४. रामबहादुर थापा ‘बादल’ (खुला)

५. गंगा पराजुली (महिला) प्रदेश नं ४

६. दीनानाथ शर्मा (खुल्ला)

७. खीमकुमार बि।क। (दलित) प्रदेश नं ५

८. राजकुमार कुंवर (अल्पसंख्यक र अपांग)

९. चन्द्र बहादुर खड्का (खुला) प्रदेश नं ६

१०. जीवन बुढा (अल्पसंख्यक र अपाङ्ग)

११. युटुल लामा (महिला)

१२. कालीबहादुर मल्ल (खुल्ला)

  प्रदेश नं ७

१३. लालिराम लोहार (दलित)

१४. हरिराम चौधरी (खुला)


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...