पोखरामा अत्याधीक रक्त श्रवका कारण एक सुत्केरीको मृत्यु ।

अन्य

पोखरामा अत्याधीक रक्त श्रवका कारण एक सुत्केरीको मृत्यु ।
जुलाई २६ पोखरा :- कास्कीको अन्नपूर्ण गाउँपालिका–७ लान्द्रुककी ३३ वर्षिया निषाकुमारी थापाले पश्चिमाञ्चल सामूदायिक अस्पतालमा सामान्य रुपमा दोस्रो सन्तान छोरा जन्माएकोमा उनको रक्तश्राब नरोकिएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकका आफन्तले भने डाक्टरको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै अस्पताल प्रशासन विरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले दोषी चिकित्सकले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गरेका छन् । बच्चाको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ । मृतकका भाई बसन्त थापामगरले सुत्केरी ब्यथा लागेपछि हिजो विहान करीब ८ बजे अस्पताल भर्ना गरिएको र बेलुका बच्चाको जन्म भएपछि लामो समय रक्तश्राब नरोकिएको बताए । रक्तश्राब भएको बारे पटकपटक चिकित्सकलाई जानकारी गराउँदा पनि यसलाई गम्भिर रुपमा नलिँदा सुत्केरीको ज्यान गएको उनको छ ।अस्पताल स्रोतले भने रक्तश्राब रोकथामका लागि हरसम्भव प्रयास गर्दा पनि सफल नभएपछि अन्तिम विकल्पको रुपमा पाठेघरको अप्रेशन गरिएको बताएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...