नेपाली जनसम्पर्क समिति इजरायलको दोस्रो अधिबेशन तेल अभिवमा हुने |

अन्य

मंसिर ५ तेल अभिव :-नेपाली कांग्रेसको प्रवास सङ्गठन नेपाली जनसम्पर्क समिति इजरायलको दोश्रो अधिवेशन तेल अभिवमा हुने भएको छ | आगामी जनवरी १८ ,२०१९ मा तेल अभिबमा हुने भएको सो अधिबेशनको आवस्यक तयारी भैईरहेको समितिका महामन्त्री खगेश्वर अधिकारीले जानकारी दिनु भएको छ | वहाका अनुसार विधानको धारा १२ को ‘ख’ अनुसार अधिबेशन गर्न लागिएको हो ,इजरायलमा रहनु हुने नेपाली कांग्रेस समर्थक नेपालीहरुको प्रयासबाट नेपाली जना सम्पर्क समिती इजरायल अढाई बर्ष पहिले स्थापना भएको थियो |यस समितिको नयाँ सदस्यता लिन र पुरानो सदस्यता नबिकरण गर्न पनि नोभेम्बर २५ देखि डिसेम्बर २५ सम्मको समय निर्धारण गरिएको छ । दोश्रो अधिवेशन भव्य र सभ्यताका साथ सफल पार्नको लागि समितिले इजरायलमा रहेका सम्पूर्ण नेपालीहरु, मिडियाकर्मी, समाजसेवीहरुमा अनुरोध गरेको छ । नेपाली जनसम्पर्क समिति इजरायल:- स्थान :-यसोधामाला ४० तेल अभीव मिती :-१८ जनवरी २०१९ (शुक्रबार ) समय :-५ बजे

साधारण सदस्यताको लागि सम्पर्क:- भक्ती सापकोटा 0584497788  , 0543174379 (समितिका संगठन विभाग प्रमुख )


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...