संचारिका समूह गण्डकीले गरे पत्रकार महिलालाई सुरक्षा सामाग्री वितरण ।

स्वास्थ्य

संचारिका समूह गण्डकीले गरे पत्रकार महिलालाई सुरक्षा सामाग्री वितरण ।
मे २९ खिमा गुरुङ / पोखरा :-संचारिका समूह गण्डकी प्रदेशले कृयाशिल पत्रकार महिलालाई बिहिवार २५ थान सुरक्षा सामाग्री वितरण गरेको छ । कोरोना महामारी बिरुद्ध जोखिम मोलेर पत्रकारीता गरिरहनुभएका सक्रिय पत्रकार महिलालाई लक्षीत गर्दै नेपाल पत्रकार महासंघ कास्की शाखाको समन्वय मदनभण्डारी फाउण्डेशनको सहयोगमा संचारिका समूह गण्डकी प्रदेशले एन ९५ मास्क , पञ्जा र सेनिटाइजर वितरण गरेको हो। वितरण कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष शान्ति गुरुङले सबैलाई कर्तव्य सहितको जिम्मेवार बन्न आग्रह गर्नु हुँदै व्यक्तिगत सुरक्षा अप्नाउन पर्ने बताउनुभयो । गुरुङले यदि कोरोनाले निम्त्याएको विषम परिस्थितिमा कुनै संचारमाध्यमबाट पत्रकार महिलालाई सुरक्षाको हिसाबले कटौती गर्छ भने त्यसमा सबैको ध्यान जान जरुरी रहेकोे बताउनुभयो । त्यस्तै नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठले सुरक्षित रहि प्रत्रकारीता गर्न सुझाउनु हुदै महासंघ कास्की शाखाले पत्रकारहरुलाई अत्यावश्यक सुरक्षाका सामग्री र ज्याकेट वितरण गरिसकेको बताउनुभयो । महासंघ कास्की शाखाले पत्रकारहरुका लागि कोरोना , दुर्घटना र स्वास्थ बिमाको बारेमा योजना बनाईरहेको पनि उल्लेख गर्नुभयो । संचारिका समूह गण्डकी प्रदेशका अध्यक्ष स्मिता तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव कन्चन थापा लगायत सदस्यहरुको उपस्थिति रहेको थियो।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...