पाठ्यक्रम बिकास केन्द्रका लेखापाल नायब सुब्बा गुणराज दाहाल घुस सहित पक्राउ |

अन्य

पाठ्यक्रम बिकास केन्द्रका लेखापाल नायब सुब्बा गुणराज दाहाल घुस सहित पक्राउ |
कार्तिक १९ काठमाडौँ :-भक्तपुरको सानोठिमीस्थित पाठ्यक्रम विकास केन्द्रका लेखापाल (नायब सुब्बा) गुणराज दाहाल घुस सहित पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका वडा नं ५ गहना पोखरीस्थित भान्जा क्याफे अगाडिबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई २५ हजार रुपैयाँ घुससहित सोमबार समातेको हो । विशेष सूचनाका आधारमा टंगालस्थित आयोगको कार्यालयबाट गएको टोलीले उनलाई घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिएका छन् । कक्षा ६ को सामाजिक र विज्ञान विषयको पाठलाई सांकेतिकरण र दृश्य सामाग्री (डिभिडी) तयार गर्न पाठ्यक्रम विकास केन्द्रले राष्ट्रिय बहिरा महासंघ नेपालसँग सम्झौता गरेको थियो । उक्त काम पूरा गरी महासंघले बिल भुक्तानी माग गर्दा जम्मा भएको रकमको २५ प्रतिशत आन्तरिक लेखा परीक्षणका लागि आवश्यक पर्ने भनी बाहाना बनाई लेखापाल दाहालले घुस लिएको अख्तियारले जनाएको छ।घटनाबारे अनुसन्धान भइरहेको प्रवक्ता दंगालले बताए। साभार :-नेपालखबरबाट

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...