नगरपालिकाको प्रबक्ता सरस्वती लामालाई पदबाट हटाएकोमा नेपाल तामाङ्ग घेदुङ्ग रत्ननगरको आपत्ति |

अन्य

नगरपालिकाको प्रबक्ता सरस्वती लामालाई पदबाट हटाएकोमा नेपाल तामाङ्ग घेदुङ्ग रत्ननगरको आपत्ति |
मंसिर ९ चितवन:-रत्ननगर नगरपालिकाको प्रवक्ता सरस्वती लामालाई पदबाट हटाइएको प्रति नेपाल तामाङ घेदुङ रत्ननगर समितिले आपत्ति जनाएको छ । समितिले एक प्रेस बिज्ञप्ति जारी गर्दै नेपालको संविधान र प्रचलित कानुनअनुसार सुचनाको हकको समेत ख्यान नगरी लामालाई बिना जानकारी र बिनाकारण जिम्मेवारीबाट हटाइएकोमा गम्भीर ध्यानकार्षण भएको उल्लेख गरेको छ । घेदुङका अध्यक्ष कृष्ण लामाद्धारा हप्ताक्ष्रित बिज्ञप्तिमा भनिएको छ: ‘एक आदिवासी जनजाति, महिला र आम समुदायका लागि निरन्तर संघर्ष गर्दै आइरहनुभएको समाजसेवि माथि भएको यस प्रकारको वदनियतपुर्ण कार्य प्रति खेद प्रकट गर्दछौ ।’ नगर कार्यपालिकाको यस गल्तीलाई यथाशिघ्र सच्याउन घेदुङले अपिल समेत गरेको छ । तत्काल निर्णय नसच्याए कडा आन्दोलनमा उत्रने चेतावनी विज्ञप्तिमार्फत दिइएको छ । लामा रत्ननगर नगरपालिका वडा नं. ९ बाट निर्वाचित जनप्रतिनिधि तथा कार्यपालिका सदस्य हुन् । स्थानीय निर्वाचन सम्पन्न भए लगतै उनलाई नगरको प्रवक्ताको जिम्मेवारी दिइएको थियो तर गत साता उनलाई पदबाट हटाइएको हो । आफुलाई पदबाट हटाइनुपुर्व जानकारी नगराउनु र हटाइनुको कुनै पनि स्पष्ट कारण नखुलाइएकोप्रति आफु असन्तुष्ट रहेको लामाले बताइन् । लामालाई हटाएर नगरपालिकाले राजेन्द्र हमाललाई प्रवक्ताको जिम्मेवारी दिइसकेको छ । रत्ननगर नगरपालिकामा स्थानीय निर्वाचनबाट तत्कालीन एमालेका मेयर उमेदवार नारायण वन र उपमेयर उमेदवार बिमला दुवाडी निर्वाचित भएका थिए ।             नारायणी न्युज डट कम

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...