हुम्लामा चामल नपाउदा अटोको रोटी खाएर दशै मनाए |

अन्य

हुम्लामा चामल नपाउदा अटोको रोटी खाएर दशै मनाए |
कात्तिक ७ हुम्ला :-बडादशैँका लागि सर्वसाधारण जनताले नेपाल खाद्य संस्थानबाट ५ केजी चामल पनि पाउन सकेनन् ।स्थानीयवासीले दशैँजस्तो ठूलो पर्वमा पनि चामल नपाउँदा नेपालगञ्जबाट आटोको रोटी पकाएर खान बाध्य भएको स्थानीयवासी गङ्गाबहादुर शाहीले जानकारी दिए । जिल्ला समन्वय समितिका प्रमुख एवं नेपाल खाद्य समितिका अध्यक्ष दानबहादुर राउतले पटक पटक बैठकमार्फत केन्द्रसँग १५ हजारदेखि २० हजार क्विन्टलसम्म  माग गरेपनि जिल्लाका हाल ६ हजार क्वीन्टलमात्रै पाइएको बताए । नेपालगञ्ज र सुर्खेतमा रहेका मकालु, तारा, सीता र उमा एयरले ढुवानी नगर्दा चामल नेपालगञ्ज र सुर्खेतमै थन्किएको छ । प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढु्ङ्गानाले भने, “अञ्चल विभाग र आपूर्ति मन्त्रालयमा पत्राचार गरिसकिएको छ, दशैँमा नपाएपनि सर्वसाधारण जनतालाई १० केजीदेखि १५ केजीसम्म दिन पाए हुम्लीहरुले भाइटीका मनाउन पाउने थिए ।” रासस

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...