काठमाडौँको अस्पतालहरुमा स्वाइन फ्लुको २१२ जना बिरामी देखियो |

अन्य

काठमाडौँको अस्पतालहरुमा स्वाइन फ्लुको २१२ जना बिरामी देखियो |
माघ १० काठमाडौँ :- काठमाडौंमा एक महिनाको अन्तरालमा दुई सय १२ जनामा स्वाइन फ्लुको बिरामी देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्टअनुसार १७ पुसदेखि ८ माघसम्म ‘इनफ्लुएन्जा एच (एन) पिडिएम ०९’ का दुई सय १२ बिरामी अस्पताल भर्ना भएका हुन् । ओम अस्पतालको आइसियूमा उपचारकै क्रममा सोमबार ४७ वर्षीया महिलाको मृत्यु भएको छ । अर्का एक संक्रमितलाई एयरलिफ्ट गरेर भारत पठाइएको ओमका मेडिकल डाइरेक्टर केपी देवकोटाले बताए । स्वाइन फ्लुबाट बच्ने सही प्रबन्ध नहुँदा स्वास्थ्यकर्मीहरू नै बिरामीको उपचार गर्न डराउन थालेका छन् । त्रिपुरेश्वरस्थित काठमाडौं अस्पतालमा स्वास्थ्यकर्मीलाई स्वाइन फ्लुविरुद्धको भ्याक्सिन (भ्याक्सिन ग्रिप) लगाइएको छैन, जब कि १० भन्दा बढी ‘इनफ्लुएन्जा एच (एन) पिडिएम०९’ का बिरामी भर्ना भएका छन् । ‘एक बिरामी निकै सिरियस थिए, उनको रेखदेख बढी समय नर्सहरूले नै गर्नुपर्ने थियो,’ अस्पतालकी एक नर्सले भनिन्, ‘स्वास्थ्यकर्मीको दबाबपछि उनलाई टेकु अस्पताल रेफर गरिएको छ ।’ ओम अस्पतालका धेरै बिरामीको नमुना परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ । अस्पतालले उपचारमा आबद्ध सबै स्वास्थ्यकर्मीलाई इन्फ्लुएन्जाविरुद्धको भ्याक्सिन लगाएको छ । तर, स्वास्थ्यकर्मी त्रसित छन् ।चिकित्सकहरूका अनुसार दमलगायत स्वासप्रस्वासम्बन्धी समस्या भएकालाई स्वाइन फ्लु (मौसमी रुघाखोकी)को संक्रमण बढी हुन्छ । मधुमेह, मुटु, कलेजो र स्नायु रोग भएका व्यक्ति पनि संक्रमणको उच्च जोखिममा पर्छन् । गर्भवती, वृद्धवृद्धा र ५ वर्षमुनिका बालबालिकामा स्वाइन फ्लुको संक्रमण छिटो हुने सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए । यो संक्रमणको खतरा अरूमा भन्दा बढी हुने गरेको छ । त्यसैगरी अंग प्रत्यारोपण गराएका, एचआइभीरएड्स वा अन्य कारणले रोग प्रतिरोधक क्षमता कम भएका, क्यान्सरको उपचार गराइरहेकाहरू स्वाइन फ्लुको उच्च जोखिममा हुन्छन् । बिरामीमा एक सय चार डिग्री वा त्योभन्दा बढी ज्वरो आउने, सास फेर्न गाह्रो हुने लक्षण देखिन्छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...