‘रेल्वे ठेक्काको भ्रष्टाचारी र प्रचण्डका घरबेटीलाई कारबाही गर्छौं’- बिप्लव

देश    राजनीति

‘रेल्वे ठेक्काको भ्रष्टाचारी र प्रचण्डका घरबेटीलाई कारबाही गर्छौं’- बिप्लव
२१ भदौ, काठमाडौं । लामो समय सुसुप्त देखिएको भूमिगत विद्रोही विप्लव समूह फेरि सल्बलाएको छ । सो समूहमा प्रवक्ता खड्गबहादुर विश्वकर्मा(प्रकाण्ड) ले एक विज्ञप्ति जारी गर्दै केही ठेकदार र सरकारी कर्मचारीमाथि कारबाहीको चेतावनी दिएका छन् । काँकडभिट्टा–इनरुवा रेल्वे ठेक्कामा भ्रष्टाचार गरेको भन्दै रेल विभागका हाकिम र ठेकदारहरुका साथै मलको ठेक्का लिएर किसानलाई उपलब्ध नगराउने ठेकदार (प्रचण्डका घरबेटी) समेत लाई सरकारले तत्काल कारबाही गर्न प्रकाण्डले माग गरेका छन् । सरकारले उनीहरुमाथि कारवाही नगरे आफ्नो पार्टीले कारबाही गर्नेे प्रकाण्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बोल कबोल अनुसार सम्बन्धित ठेकदारले मल आपूर्ति नगर्दा, लाखौंलाख किसानको धान बाली बिग्रिँदा र देशको उत्पादनमा ठूलो नोक्सानी हुँदासमेत सरकार र कृषि मन्त्रालयले ठेकदारलाई कारबाहीको त के कुरा, सोधपुछसमेत नगरेको प्रकाण्डको आरोप छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...