बिराटनगरमा १० बर्षिया बालिकाको बलात्कार पछी हत्या ,हत्याराहरु पक्राउ |

अपराध

बिराटनगरमा १० बर्षिया बालिकाको बलात्कार पछी हत्या ,हत्याराहरु पक्राउ |
माघ २१ मोरंग :- विराटनगरमा एक १० वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको प्रहरीले पुष्टि गरेको छ।पोष्टमार्टम रिर्पोट र पक्राउ परेका अभियुक्तको बयानका आधारमा बलात्कारपछि ती बालिकाको हत्या भएको निष्कर्षमा पुगिएको मोरङ प्रहरीले जनाएको छ। मोरङका प्रहरी उपरीक्षक मनोज केसीले भने, "घरबाट निस्केकी बालिकालाई अर्को ठाउँमा लगेर पालैपालो बलात्कार गरिएको, मर्ने अवस्थामा पुगेपछि घाँटी थिचेर मारिएको र बगेर जाओस् भनेर खोलामा शव फालिएको देखिएको छ।"यही माघ १२ गते राति विराटनगर महानगरपालिका वडा नं. ८ की १० वर्षीया रुमती दास हराएकी थिइन्। छिमेकीको घर गएको भनिएकी रुमती घर नफर्किएपछि परिवारले खोजी गर्ने क्रममा भोलिपल्ट बिहान घर नजिकैको सिंघिया खोलामा उनको शव भेटिएको थियो।उक्त घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका सोही ठाउँका चन्दु महतो र अब्बास अन्सारीले ती बालिकालाई बलात्कारपछि हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। उनीहरूले बालिकालाई घर नजिकैको चौरमा लगी पालैपालो बलात्कार गरेपछि घाँटी थिचेर हत्या गरेको भनी बयान दिएको प्रहरी उपरीक्षक केसीले बताए। पक्राउ परेका चन्दु र अब्बास बालिकाका छिमेकी हुन्। उनीहरू लागुऔषध प्रयोगकर्ता रहेको प्रहरीले जनाएको छ।धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको शवको पोष्टमार्टम रिपोर्टले पनि बलात्कारपछि हत्या गरिएको देखाएको प्रहरी उपरीक्षक केसीले बताए। राति हत्या गरी खोलामा फालेर घर गएका चन्दु र अब्बासले भोलिपल्ट बिहान खोला किनारमा अड्किएको बालिकाको शव पुनः बगाएको प्रहरीले जनाएको छ।पक्राउ परेका दुवैजनाविरुद्ध जबरजस्ती करणी र ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ। स्रोत :-बि बि सी नेपाली

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...