सावधान ! यी सेनिटाइजरमा पाइयो विषाक्त रसायन

देश    स्वास्थ्य

सावधान ! यी सेनिटाइजरमा पाइयो विषाक्त रसायन

सरकारले विभिन्न कम्पनीले उत्पान गरेको ह्याण्ड सेनिटाइजरको बिक्री वितरणमा रोक लगाएको छ । औषधि व्यवस्था विभागले विभिन्न ५ कम्पनीले उत्पादन गरेको ह्याण्ड सेनिटाइजरमा विषाक्त रसायन मिसाएको पाइएको भन्दै बिक्री वितरणमा रोक लगाएकोहो । 

विभागले शनिबार एक सूचना जारी गर्दै नेपाल कायाकल्प उद्योग भक्तपुर तथा हाइजिन सोप एण्ड केमिकल, आधार केमिकल एण्ड फुट इन्डस्ट्रिज, सर्च चेम कम अर्बल प्रोडक्ट र सूर्यमुखी अर्बल काठमाडौंले उत्पादन गर्दै आएको ह्याण्ड सेनिटाइजरमा विशाक्त रसायन समावेश भएको पाइएको जनाएको छ । 

सो रसायनले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने हुँदा प्रयोग नगर्न र उत्पादन तथा विक्री वितरण अबिलम्ब रोक्का राख्न विभागले सूचित गरेको छ । 


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...