दाइजो नल्याएको भन्दै प्रहरीले नै कुटे श्रीमती |

अपराध

दाइजो नल्याएको भन्दै प्रहरीले नै कुटे श्रीमती |
श्रावण २४ रुपन्देही -दाइजो नल्याएको भन्दै रुपन्देही कोटहिमाइ गाउँपालिका–१ सिपवाका लोकेन्द्र नाउले श्रीमतीलाई कुटपिट गरेका छन् ।इलाका प्रहरी कार्यालय लुम्बिनीका अनुसार नाउ तनहुँमा दरबन्दी भएका प्रहरी हुन । उनले दाइजो नल्याएको निहुँमा २१ वर्षीय श्रीमती प्रियङका नाउलाई निर्घात कुटपिट गरेका हुन् । प्रियङ्काका बुवाले छोरीको विवाह गर्दा एक लाख नगद, एउटा मोटरसाइकल दाइजो दिए पनि पर्याप्त दाइजो नल्याएको भन्दै प्रहरी जवान नाउले श्रीमतीलाई कुटपिट गरि घाइते बनाएका हुन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...