रामजी घले काण्ड रहस्यमय बन्दै, प्रशासनले साथ नदिएको आरोप |

अपराध    स्थानीय

रामजी घले काण्ड रहस्यमय बन्दै, प्रशासनले साथ नदिएको आरोप |
जुलाई १८ सम्बात्दाता पोखरा:- गत जेठ २८ गते मध्य राति पोखरा १५ रामबजार स्थित रामजी घलेको घरमा अप्रिय एवम् अकल्पनीय घटना घट्यो !जुन घटनामा रामजिका ११ बर्षिय छोरा ज्ञापन घलेको छुरा प्रहारबाट मृत्यु र रामजी घले र उनकी श्रीमती घाँटी रेटिएको अवस्थामा भेटियो थियो । रामजिका दाइ नारायण घलेले आफ्नो भाइ,बुहारी र छोरालाई बुहारी सुमित्रा ठकुरीका दिदिका छोरा बेलबहादुर ठकुरीले आक्रमण गरेको आरोप लगाउदै प्रहरीले आफ्नो किटानी जाहेरी पनि दर्ता नगरी पीडित रामजी घलेलाइ नै दोषी बनाइ जिप्रकामा राखेको बताए ! नारायण घलेले पोखरा १५ स्थित रामजी घलेकै निवासमा पत्रकार सम्मेलन गरि आफ्नो किटानी जाहेरीको बेवास्ता गरि एक तर्फीपाराले रामजिलाइ दोषी ठहर्‍याएकोमा गुनासो व्यक्त गरे ! बेलाबेलामा बेलबहादुर ठकुरी सङ्ग झगडा भैरहने ,रामजिको घाटिमा गहिरो चोट लाग्ने, ज्ञापन घलेको मृत्यु सम्म हुने तर बुहारी सुमित्रा घले ठकुरीको घाटिमा सामन्य चोट लागेको,सुमित्रा एक्लै ट्याक्सी चडेर हस्पिटल गएको,छरछिमेक सङ्ग हारगुहार नगरेकाले यो घटना सुमित्राको सल्लाहमा बेलबहादुरले नै घटाएको हुनुपर्ने नारायण घले र छिमेकीको आरोप छ । गण्डकी हस्पिटलमा सामन्य उपचार पछि आफन्तको घरमा बस्दै आएका सुमित्रा र उनकी आमा धनकुमारी ठकुरीले भने रामजिले नै यो सब घटना घटाएको जिगिर गरिन ! घटनाको बिसयमा बुझ्न खोज्दा प्रहरीले अनुसन्धान भैरहेको जनाएकोछ |  

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...