मानव तस्कारको अभियोगमा नेपाली कांग्रेसका स्थानीय नेता पक्राउ |

अपराध

मानव तस्कारको अभियोगमा नेपाली कांग्रेसका स्थानीय नेता पक्राउ |

डिसेम्बर २१ काठमाडौँ :-नुवाकोटका नेपाली कांग्रेसका नेता सुनबहादुर तामांग मानव तस्करीको अभियोगमा पक्राउ गरेको छ ।तामांग नुवाकोटको सबैभन्दा बढी चेलिबेटी बेचबिखन हुने भनेर चर्चित गाउँ घ्याङफेदिका बासीन्दा हुन ।उनी जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा १ का निर्वाचित वडाध्यक्ष समेत हुन । नेपाली कांग्रेसबाट वडाध्यक्षको उम्मेदवार बनेका तामाङ प्रहरीको निगरानीमा रहेका थिए ।

तामाङलाई बुधबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले नुवाकोटबाटै पक्राउ गरेको हो । अघिल्लो वर्ष उनी ५ लाख धरौटी राखेर तारेखमा छुटेका थिए । उनी विरुद्धको मुद्दा जिल्ला अदालत नुवाकोटमा विचाराधिन रहेको छ ।मानव तस्करीजस्तो गम्भीर प्रकृतिको मुद्दा खेपिरहेका तमाङलाई कांग्रेसका केन्द्रीय नेताको सेटिङमा धरौटीमा छुटाइएको थियो । घ्याङ्फेदिबाट बिक्री भएका भनिएका चार सय बढी युवतीको सेटिङमा उनको नाम जोडिएको छ ।

सुनबहादुरविरूद्ध ११ जनाले प्रहरीमा जाहेरी दिएको बताइएको छ । सुनबहादुरका छोरा मानव बेचविखनको अभियोगमा कारागारमा छन । स्थानीयका अनुसार उनका दुर्इ श्रीमतीसमेत इण्डियामै बसोबास गर्छन ।

साभार ;-नेपाल समाचार पत्र

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...