कैलालीमा बोक्सीको आरोपमा राधा चौधरी माथि कुटपिट |

अपराध

कैलालीमा बोक्सीको आरोपमा राधा चौधरी माथि कुटपिट |
कार्तिक २२ कैलाली:- जिल्लाको घोडाघोडी नगरपालिकामा बोक्सीको आरोपमा राधा चौधरीलाई फेरि कुटपिट गरिएको छ। चौधरीमाथि स्थानीय कालीचरण चौधरीले बुधबार कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक हरि वलीले जानकारी दिए। कुटपिटमा संग्लन कालीचरणलाई इलाका प्रहरी कार्यालय सुख्खडले पक्राउ गरिसकेको छ। यसअघि बोक्सीकै आरोपमा राधामाथि कुटपिट भएको थियो। भोलेबाबा भनिने रामबहादुर चौधरीसहित ३ जना अदालतको आदेशपछि कैलाली कारागारमा कैद सजाय भोगिरहेका छन्। घोडाघोडी नगरपालिका–५ देउकलियाकी उनीमाथि २०७४ फागुन २४ गते बोक्सीको आरोपमा निर्घात कुटपिट गरिएको थियो।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...