पोखरामा फोहोर उठाउने गाडीमा शिशुको शव फेला |

अपराध

पोखरामा  फोहोर उठाउने गाडीमा शिशुको शव फेला |
पुस २४ पोखरा :- पोखरा महानगरपालिकाको फोहोर बोक्ने गाडीमा नवजात शिशुको शव फेला परेको छ । पोखरा १७ बिरौटा स्थित अन्नपुर्ण मार्ग र यज्ञशालामार्गबाट ग १ ख ८४७८ नं को फोहोर उठाउने महानगरपालिकाको गाडीबाट ल्याएको फोहोरमा शिशुको शव फेला परेको हो । सो शव पोखरा महानगरपालिका १४ डम्पिङ साईडमा फोहोरको प्रकार छुट्टाउने कर्मचारीहरुले फोहोर छुट्टाउने क्रममा तन्नाले बेरिएको अवस्थामा छोरा जातको नवजात शिशु फेला पारेको प्रहरीको भनाई छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...