क्यानाडा पठाइदिने भन्दै ठगी गर्ने संगीता अधिकारी रायमाझी पक्राउ |

अपराध

क्यानाडा पठाइदिने भन्दै ठगी गर्ने संगीता अधिकारी रायमाझी पक्राउ |
मंसीर १५ काठमाडौँ :- क्यानडा पठाइदिने भन्दै विभिन्न युवासँग रु एक करोड ३७ लाख ठगी गरेर फरार गोकर्णेश्वर नगरपालिका–१ निवासी ३८ वर्षीया संगीता अधिकारी रायमाझीलाई प्रहरीले पक्राउ गरेको छ ।ठगीमा परेका युवाले दिएको सूचनाका आधारमा अपराध अनुसन्धान महाशाखाको टोलीले फरार रहेकी अधिकारीलाई पेप्सीकोलाबाट पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंहले जानकारी दिए । अधिकारीले क्यानडा पठाइदिन्छु भन्दै काभ्रेका नवीन तामाङसँग रु २९ लाख र धीरेन्द्रकुमार पुलामीसँग रु २२ लाख, दोलखाका सुदीन खड्कासँग रु २७ लाख २० हजार, भक्तपुरका रामकृष्ण सुवालसँग रु १९ लाख ९० हजार र डेकराज कार्कीसँग रु १९ लाख तथा जयराम सुकुभुटुसँग रु २० लाख रकम लिएको अखिल नेपाल वैदेशिक रोजगार पीडित तथा परामर्श संघले जनाएको छ । पक्राउ परेकी अधिकारीलाई बैंकिङ कसूर र वैदेशिक रोजगार कसूर मुद्दामा कारबाही अघि बढाइने प्रवउ सिंहले जानकारी दिए । निज अधिकारी चर्चित फुटबल खेलाडी निराजन रायमाझीको श्रीमती हुन् । रासस

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...