कास्कीको माछापुछ्रेमा एक महिलामाथि सामुहिक बलात्कार |

अपराध

असोज ३० पोखरा :- कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं १ करुवाकी एक अशक्त महिलामाथि सामुहिक बलात्कार भएको छ ।शुक्रवार राती अन्दाजी एक देखी साढे एक बजेको समयमा घरमा कोही पनि नभएको मौकामा उनीमाथि बलात्कार भएको कास्की प्रहरीको भनाई छ । बलात्कृत महिला बोल्न सक्दीनन् । सार्दिखोलाको भराभरीबाट एक घण्टाको दुरीमा रहेको करुवामा मान्छे मरेको ठाउँमा कुर्न गएका दुई युवाले राती उनीमाथि बलात्कार गरेको वताईन्छ । शनिबार विहान भराभरीमा चोरी भएको सूचना पाएपछि सार्दिखोला प्रहरीचौकीबाट प्रहरी टोली गाउँपुग्दा प्रहरीलाई देखेपछि स्थानीय महिलाहरुले घटनाबारे जानकारी गराएका थिए ।त्यसलगत्तै प्रहरीले भराभरीबाट पोखरा आउने गाडीहरु तथा गाउँमा खोजीकार्यलाई तीव वनाएको थियो । घटनामा दुई युवा संलग्न भएको र एक जनालाई शनिवार तथा अर्कालाई आईतवार पर्वतबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए । घटनाको अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...