चितवनमा ४ लाख भन्दा बढी नगद सहीत २३ जना जुवाडे पक्राउ |

अपराध

चितवनमा ४ लाख भन्दा बढी नगद सहीत २३ जना जुवाडे पक्राउ |
कार्तिक २२ चितवन :-चितवनको भरतपुर महानगरपालिकाका दुई स्थानबाट प्रहरीले गए राति रु चार लाख ५५ हजार ९ सय ५० नगदसहित २३ जुवाडे पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार राति १ बजे भरतपुर महानगरपालिका–१६ शरणपुरबाट १९ जनालाई एक लाख ४९ हजार ६८५ नगदसहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार राति नै भरतपुर महानगरपालिका–१५ फुलबारीबाट तीन लाख छ हजार २६५ नगदसहित चार जनालाई नियन्त्रणमा लिइएको छ । दुवै ठाउँमा जुवा खेलिरहेको सूचनाको आधारमा छापामारी पक्राउ गरिएको उनले बताए । पक्राउ परेका निजहरूउपर मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद ५ को दफा १२५ अन्तर्गत जुवा कसुरमा थप अनुसन्धान भइरहेको उनले बताए । उनीहरुविरुद्ध मुद्दा दर्ता गरिने रेग्मीले बताए । दसैंयता जुवातास खेल्ने ४३ जना विरुद्ध मुद्धा दर्ता गरिसकिएको उनले बताए । -रासस

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...