नारायणी पुलबाट हाम फालेर एक युवती बेपत्ता ।

अपराध

नारायणी पुलबाट हाम फालेर एक युवती बेपत्ता ।
जुन १४ चितवन:-नारायणी पुलबाट हाम फालेर एक युवती बेपत्ता भएकी छिन् । चितवनको राप्ती नगरपालिकास्थित वीरेन्द्रनगरकी २१ वर्षीया कविता सापकोटा आज अपरान्ह ५;३० बजे पुलबाट हाम फालेर नदीमा बेपत्ता भएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जानकारी दिएको छ । गैंडाकोटबाट नारायणगढ तर्फ आउँदै गरेको स्कुटरमा सवार सापकोटा स्कुटरबाट झेरर हाम फालेको प्रत्यक्षदर्शीको भनाईलाई उदृत गर्दै प्रहरीले जनाएको छ । मावली घरबाट आफन्तसंगै फर्किदै गरेकी सापकोटा दाजुले चलाएको स्कुटरमा सवार थिइन् । उनी पुलमा सवारी चाप भएको बेला स्कुटर रोकिएको मौकामा नारायणीमा हाम फालेको थिइन् । अहिले उनको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयद्वारा खोजी भईरहेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...