टोखा नगरपालिका प्रमुख प्र ,अधिकृत कृष्ण प्रसाद सुवेदी एक लाख घुस सहीत पक्राउ |

अपराध

टोखा नगरपालिका प्रमुख प्र ,अधिकृत कृष्ण प्रसाद सुवेदी एक लाख घुस सहीत पक्राउ |
असोज २८ काठमाडौँ :- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीलाई एक लाख घुसहित पक्राउ गरेको छ। प्रमुख प्रशासकिय अधिकृत सुवेदीले उपभोक्ता समितिमार्फत निर्माण गरिएको सडकको अन्तिम बिल भुक्तानी गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग एक लाख घुस लिँदालिँदै अख्तियारको टोलीले पक्राउ गरेको हो । अख्तियारका प्रवक्ता रामेश्वर दंगालका अनुसार सुवेदीमाथि अनुसन्धान सुरु भएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...